३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

तिलिचो बेस क्याम्पमा फोरजी सेवा सुरु

तिलिचो बेस क्याम्पमा फोरजी सेवा सुरु
अ+ अ-

काठमाडौँ, ३१ असोजः मनाङको तिलिचो बेस क्याम्पमा नेपाल टेलिकमको फोरजी सेवा सुरु भएको छ । हिमालपारिको जिल्ला भनेर चिनिने मनाङको प्रसिद्ध पर्यटकीयस्थल तिलिसो बेस क्याम्पमा आजदेखि फोरजी सेवा सञ्चालनमा आएको हो ।

तिलिचोमा फोरजी सेवा सञ्चालनमा आएसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तिलिचोमा रहनुभएका टेलिकमका फिल्ड इञ्जिनियर निरज गुप्तासँग  भिडियोकलमार्फत कुराकानी गर्दै प्रसिद्ध पर्यटकीय क्षेत्र तिलिचोमा फोरजी सेवा सञ्चालनमा आएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले तिलिचो आसपास क्षेत्रमा फोरजी सेवा सञ्चालन गराउन सफल भएकामा टेलिकम र जनप्रनिनिधि र स्थानीयलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

मन्त्री खरेलले आफूले जिम्मेवारी सम्हालेदेखि नै दुर्गम क्षेत्रहरूमा टेलिकमको पहुँच पुर्याउनुपर्छ भनेर काम अगाडि बढाएको र त्यसको चरणबद्ध परिणाम आउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले दुर्गम क्षेत्रहरूमा भ्वाइस र डेटा पुर्याउने लक्ष्य लिएको छ, आज तिलिचो आसपास क्षेत्रमा फोरजी सेवा सञ्चालन हुँदा त्यहाँ जाने पर्यटक र स्थानीयलाई सहयोग पुग्ने छ । टेलिफोन र इन्टरनेट नपुगेका देशका दुर्गम क्षेत्रमा सेवा विस्तारका लागि लागिपरेका छौँ ।”

तिलिचोमा रहनुभएका इञ्जिनियर गुप्ताले फोरजी सेवा सञ्चालनमा आएसँगै पर्यटक र स्थानीयलाई ठूलो सहयोग पुग्ने विस्वास व्यक्त गर्नुभयो । स्थानीयलाई आफन्तसँग कुराकानी गर्न, डिजिटल पेमेन्टमा सहयोग पुग्ने बताउनुभयो । तिलिचोमा यात्रा गर्ने पर्यटक र स्थानीयलाई सञ्चार आदनप्रदानका साथै उचाइमा लेक लाग्ने समस्या आउने हुनाले समस्यामा परेकाको उद्धारकार्यमा सहयोग पुग्ने बताउनुभयो ।

फोरजी सेवा नहँुदा नेटवर्कको समस्याले लामो दूरीको क्षेत्रमा नेटवर्क भएको स्थानमा गएर पैसा तिर्नुपर्ने बाध्यता थियो अब, पर्यटक, व्यवसायी र स्थानीयलाई सहज रूपमा डिजिटल भुक्तानी गर्न सहज हुने इञ्जिनियर गुप्ताले बताउनुभयो ।

तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाइमा रहेका तालहरूमध्येको एक हो । हिमालय पर्वत शृङ्खलाअन्तर्गत मनाङ जिल्लामा अन्नपूर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि चार हजार ९१९ मिटर उचाइमा छ ।

टेलिकमले तिलिचो बेसक्याम्पमा नयाँ बिटीएस स्थापना गरी फोरजी सेवा सञ्चालनमा ल्याएको हो । नेपालको पदयात्राका लागि प्रसिद्ध स्थलहरूमध्ये करिब चार हजार ३५० मिटरको उचाइमा तिलिचोताल जाने रुटमा टेलिकमले माइक्रोवेभ प्रविधिमार्फत टुजी तथा फोरजी सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

सेवा सञ्चालनमा आएसँगै खाङसार–श्रीखर्क–तिलिचो बेसक्याम्प–बाइसघुम्ती हुँदै तिलिचो ताल क्षेत्रका बासिन्दा तथा पर्यटकहरूलाई सञ्चार सम्पर्क गर्न र पर्यटन, होटललगायत व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई डिजिटल भुक्तानी प्रणालीमा आबद्ध हुनसमेत सहज हुने जनाइएको छ ।

उच्च उचाइ र धेरैजसो प्रतिकूल मौसमको अवस्था रहने यस क्षेत्रमा पदयात्राका क्रममा पदयात्रुलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या भइहालेमा पनि आपतकालीन उद्धार कार्यका लागि नेपाल टेलिकमको सञ्चार सुविधाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास स्थानीयको रहेको छ ।रासस