९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामोआलाई १२४ रनले हराउँदै नेपाल च्याम्पियन



अ+ अ-

काठमाडौँ । ओमानमा जारी आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधि नेपालले जितेको छ ।

भर्खरै सम्पन्न खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । यसअघि नै अर्को वर्ष भारत–श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाल अपराजित रहँदै विजेता बन्न सफल भयो ।

नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेटको क्षतिमा ८७ रनमात्रै जोड्यो । उसका लागि सिन सोलिआले सर्वाधिक ४० रन जोड्दा बेन्जामिन मैलताले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, रोहित पौडेल र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।

त्यसअघि ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २११ रन जोड्यो ।

आसिफ शेख र दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेले । आसिफले ४१ बलमा ६९ रन जोडे । उनको यो टी–२० आई करिअरमै सबैभन्दा धेरै रन हो । उनले सात चौका र ४ छक्का प्रहार गरे ।

यस्तै, दिपेन्द्रले ३३ बलमा ५३ रन जोडे । उनले दुई चौका र चार छक्का प्रहार गरे । यस्तै, लोकेश बमले बिष्फोटक ब्याटिङ गरे । उनी ३९ रनमा अविजित रहे । मात्र १२ बल खेलेका उनले चार छक्का र दुई चौका प्रहार गरे । यस्तै, रोहित पौडेल २१ रनमा अविजित रहँदा कुशल भुर्तेलले १७ रनको योगदान दिए ।

बलिङतर्फ सामोआका ड्यानियल ब्रुगेश, सौमानी तिआई, दारिअस विसर र नोहा मिदले एक–एक विकेट लिए ।

नेपाल अङ्क तालिकामा शिर्ष स्थानमा रह्यो । सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा आयोजना हुने टी–२० विश्वकप प्रतियोगिताका लागि नेपाल यसअघि नै छनोट भइसकेको हो ।

अर्कोतर्फ विश्वकपको छनोटबाट बाहिरिसकेको सामोआ सुपर सिक्समा जितविहीन बन्यो ।

नेपालले समूह चरणमा जापान र कतारलाई पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको थियो ।

साथै, युएई र ओमान पनि सन् २०२६ मा आयोजना हुने टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भए ।