१ मंसिर २०८१, शनिबार
,
Latest
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति कोशी र गण्डकी प्रदेशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना सूर्याेदय हेर्ने एक उत्कृष्ट गन्तव्य अन्तुडाँडा (फोटो फिचर) मन्त्रीलाई घुस दिएर लाइसेन्स लिएको आरोपमा हिमालयन टाइगर इन्भेष्टमेन्ट ग्रुपको आपत्ति डिजेल र मट्टितेलको मूल्य बढ्यो प्रधानमन्त्रीको चीन भ्रमणः मंसिर १७ मा जाने, १८ मा राष्ट्रपतिसँग भेटवार्ता, २० मा फर्किने प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छः परराष्ट्रमन्त्री डा राणा कोप–२९ सम्मेलन: नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबीच शिष्टाचार भेट उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैत्र २० गते बिहिबार, विद्याकी देवी सरस्वतीको तस्विरमा क्लिक गर्दै हेर्नुहोस् तपाईको भाग्य र भविष्य



अ+ अ-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ। प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। कृषि तथा पशुधनले मनग्गे फाइदा दिनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बनाउन सकिनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। व्याहारिक समस्याले योजना रोकिन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दुस्ख दिनेछन्। मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ। बलजफ्ती गर्ने बानीले आफैंलाई समस्या निम्त्याउन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। लगनशीलताले मात्र लक्ष्यमा पुर्याउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान(सम्मान पनि प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। आम्दानीका स्रोत भने कमजोर बन्नेछन्। बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ। तापनि काममा हस्तक्षेप गर्नेहरू कमजोर हुनेछन्। करकापमा गरिएको निर्णयले पनि अन्ततस् फाइदै हुनेछ। प्रतिस्पर्धीहरूको कमजोरीबाट लाभ उठाउने मौका पाइनेछ। खर्च लागे पनि पछिका लागि नयाँ कामको प्रक्रिया अघि बढ्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ। चल(अचल धनको उपयोगबाट मनग्गे लाभ हुनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। घरेलु समस्या सुल्झाउन समय लागे पनि सामाजिक कामले लोकप्रियता दिलाउनेछ। पेसा–व्यवसायमा उपलब्धिको स्रोत प्राप्त हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। छिद्र खोतल्नेहरूले दुस्ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। शुभचिन्तकहरूको साथ–सहयोगले अप्ठ्यारा चुनौती समेत पार लगाउन सकिनेछ। सामाजिक जिम्मेवारी पनि बढ्नेछ। नयाँ कामको अवसर पनि प्राप्त हुनेछ। समाजसेवा, धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। केही उपलब्धिका स्रोत भने पहिल्याउन सकिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। व्यापारमा राम्रो फाइदा लिन सकिनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ। परिस्थिति अनुकूल बनाइराख्न व्यवहारमा अलि सजग रहनुपर्ला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकारका लागि सजग रहनुपर्ला। प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन्। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर रहनेछ। तापनि मिहिनेतले नियमित काम बन्नेछन् र सामान्य फाइदा पनि हुनेछ। प्रयत्न गर्दा भौतिक सुविधाका वस्तुहरू जुटाउन सफलता मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):चैत्र २० गते बिहिबार, विद्याकी देवी सरस्वतीको तस्विरमा क्लिक गर्दै हेर्नुहोस् तपाईको भाग्य र भविष्य कामको मेसो नमिल्दा केही पछि परिएला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। आगन्तुकका कारण अध्ययनमा बाधा पुग्न सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। बुद्धिको उपयोगले चिताएको योजना कार्यान्वयनमा आउनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।