३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

जेन–जेड प्रदर्शनमा मृत्यु भए पनि पेरुका राष्ट्रपति जेरीद्वारा राजीनामा अस्वीकार

जेन–जेड प्रदर्शनमा मृत्यु भए पनि पेरुका राष्ट्रपति जेरीद्वारा राजीनामा अस्वीकार
FILE - A demonstrator waves a Peruvian flag as a cardboard doll burns in front of Congress during a protest against new President Jose Jeri in Lima, Peru, Wednesday, Oct. 15, 2025. (AP Photo/Martin Mejia, File)
अ+ अ-

एजेन्सी । पेरुका नयाँ राष्ट्रपति जोसे जेरीले जेन–जेड कार्यकर्ताहरूको नेतृत्वमा भएको ठूलो विरोध प्रदर्शनमा एक प्रदर्शनकारीको मृत्यु र सयभन्दा बढी घाइते भएपछि पनि राजीनामा दिन अस्वीकार गर्नुभएको छ ।

अधिकारीहरूका अनुसार करिब एक सय जना घाइते भएका छन्, जसमा ८० जना प्रहरी अधिकारी र १० जना पत्रकार पनि समावेश छन् । प्रहरीले प्रदर्शनका क्रममा भएको गोलीकाण्ड र एक प्रदर्शनकारीको हत्याको अनुसन्धान गरिरहेको जनाएको छ ।

“मेरो कर्तव्य देशको स्थिरता कायम राख्नु होस यो मेरो जिम्मेवारी र प्रतिबद्धता हो”, राष्ट्रपतिले पेरुको संसद् भ्रमणपछि स्थानीय सञ्चारमाध्यमसँग भन्नुभयो । उहाँले अपराध नियन्त्रणका लागि संसद्सँग थप अधिकार माग्ने तयारीमा रहेको पनि बताउनुभयो ।

युवाहरूका लागि राम्रो पेन्सन र तलबको माग गर्दै सुरु भएको विरोध प्रदर्शनले पछिल्लो एक महिनामा भ्रष्टाचार, अपराध र शासनप्रतिको मोहभङ्गबाट थकित पेरुवासीहरूको आक्रोशको रूप लिँदै गएको छ ।

अक्टोबर १० मा पदभार ग्रहण गर्नुभएका जेरी हालका सातौँ राष्ट्रपति हुनुहुन्छ । उहाँलाई प्रदर्शनकारीहरूले तत्काल राजीनामा दिन र संसद् विघटन गर्न आग्रह गरेका छन् ।

गोलीकाण्ड र अनुसन्धान

पेरुको अभियोजक कार्यालयले बिहीबार ३२ वर्षीय प्रदर्शनकारी तथा हिप–हप गायक एडुआर्डो रुइजको मृत्युको अनुसन्धान सुरु गरेको जनाएको छ । उहाँलाई हजारौँ युवा सहभागी भएको प्रदर्शनको बीचमा गोली हानिएको पुष्टि गरिएको छ । अभियोजक कार्यालयले सामाजिक सञ्जाल एक्समा लेख्दै लिमा अस्पतालबाट रुइजको शव हटाउन र ‘गम्भीर मानव अधिकार उल्लङ्घनको सन्दर्भमा अडियो–भिजुअल र ब्यालिस्टिक प्रमाण सङ्कलन’ गर्न आदेश दिएको बताएको छ ।

स्थानीय मिडिया र सुरक्षा क्यामेरामा देखिए अनुसार रुइज गोली लागेपछि सडकमा लडेका थिए र गोली चलाउने व्यक्ति भीडबाट भागेको थियो । प्रत्यक्षदर्शीहरूले भाग्ने व्यक्ति सादा पोशाकमा प्रहरी भएको आशङ्का गरिएको बताएका छन् ।

ओम्बुड्सम्यान कार्यालयका अनुसार प्रदर्शनमा कम्तीमा २४ जना प्रदर्शनकारी र ८० जना प्रहरी अधिकारी घाइते भएका छन् । राष्ट्रिय पत्रकार सङ्घका अनुसार छ जना पत्रकार पेलेटले घाइते भएका र अन्य चारजनालाई प्रहरीले कुटपिट गरेको छ ।

राष्ट्रपतिले रुइजको मृत्युमा दुःख प्रकट गर्नुभएको छ र हिंसा नियन्त्रणका लागि संयम अपनाउन आग्रह गर्नुभएको छ ।

विश्वव्यापी आन्दोलनसँग सम्बन्ध

युवापुस्ताको असन्तुष्टिबाट प्रेरित पेरुवेली विरोध प्रदर्शनहरू हाल विश्वव्यापी आन्दोलनको शृङ्खलासँग जोडिएका छन् । नेपाल, फिलिपिन्स, इन्डोनेसिया, केन्या, पेरु र मोरक्कोमा यस्तै आन्दोलन भइरहेका छन् । प्रदर्शनकारीहरूले प्रायः ‘वन पिस’ एनिमेमा प्रयोग भएको स्ट्रा–टोपी लगाएको समुद्री डाकूको खोपडी भएको कालो झण्डा बोकेका छन् ।

लिमाको मुख्य प्लाजामा २७ वर्षीय इलेक्ट्रिसियन डेभिड टाफुरले टिकटकमार्फत प्रदर्शनबारे थाहा पाएपछि सहभागी हुने निर्णय लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी भ्रष्टहरू विरुद्ध लडिरहेका छौँ — त्यही कारणले हामी यहाँ छौँ । सन् २०२२ को आन्दोलनमा ५० जनाको मृत्यु भएको थियो, अहिले पनि स्थिति उस्तै छ ।”

राजनीतिक सङ्कट र नयाँ राष्ट्रपति

यो विरोध त्यतिबेला चर्किएको हो जब पेरुको संसद्ले तत्कालीन राष्ट्रपति डिना बोलुआर्तेलाई पदमुक्त गर्‍यो, जसलाई विरोध प्रदर्शन दबाउन र अपराध नियन्त्रण गर्न असफल भएको आरोप लागेकै कारण अत्यन्त अलोकप्रिय ठहर गरिएको थियो ।

काङ्ग्रेसका अध्यक्ष रहनुभएका ३८ वर्षीय जोसे जेरीले अपराध नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रपति पदमा शपथ लिनुभएको थियो । उहाँले सोशल मिडियामा सक्रिय तथा अति रूढीवादी पूर्वन्यायाधीश अर्नेस्टो अल्भारेजलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।

अल्भारेजले यस घटनाबारे हालसम्म टिप्पणी गर्नुभएको छैन । तर पहिले उहाँले पेरुको जेन–जेड आन्दोलनलाई ‘लोकतन्त्रलाई नष्ट गर्न खोज्ने गिरोह’ भनेर वर्णन गर्नुभएको थियो ।

आरोप र असन्तुष्टि

राष्ट्रपति जेरी पनि विवादबाट जोगिन सक्नुभएको छैन । उहाँमाथि पहिले एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो, जुन मुद्दा गत अगस्टमा खारेज गरिएको थियो । यद्यपि सो घटनामा संलग्न अन्य व्यक्तिको अनुसन्धान अझै जारी छ ।

प्रदर्शनकारीहरूले उहाँमाथि आपराधिक समूहहरूलाई फाइदा पुग्ने गरी बनाइएका कानूनहरूको समर्थन गरेको आरोप पनि लगाएका छन् । प्रदर्शनका क्रममा ‘बलात्कारी जेरी हो’ र ‘जेरी भाइलिन हो’ भन्ने नाराहरू घन्किएका थिए । पेरुमा ‘भाइलिन’ शब्द बलात्कारीका लागि प्रयोग हुने अशिष्ट शब्द हो ।

प्रदर्शनकारीहरूले आतिशबाजी प्रहार गर्दा प्रहरीले अश्रुग्याँस र रबर पेलेट प्रयोग गरी जवाफ दिएको थियो ।

दशकौँको निराशाको विस्फोट

पेरुमा दशकौँदेखि जारी राजनीतिक अस्थिरता, भ्रष्टाचार र राज्य क्षमताको ह्रासले जनतामा गहिरो निराशा जन्माएको छ । समाजशास्त्री तथा पोन्टिफिकल क्याथोलिक विश्वविद्यालयका प्राध्यापक ओमार कोरोनेलका अनुसार पेन्सनको मागपछि असुरक्षा, भ्रष्टाचार र राज्यप्रतिको अविश्वास जस्ता अन्य समस्याहरू जोडिएका छन् ।

हालका हिंसात्मक दृश्यहरूले सन् २०२२ मा भएको विरोध प्रदर्शनको सम्झना दिलाएका छन् । उक्त प्रदर्शनमा ५० जना नागरिकको मृत्यु भएको थियो ।

यसपटक पनि प्रदर्शनकारीहरूले ‘विरोध गर्नु अधिकार हो, हत्या गर्नु अपराध हो’ भन्ने नारासहित र्‍याली निकाले । एक युवतीले ‘खुनीबाट बलात्कारी, उही फोहोर सरकार’ लेखिएको पोस्टर बोकेकी थिइन् ।

डेभिड टाफुरले भन्नुभयो, “शक्तिको दुरुपयोग, भ्रष्टाचार र निर्दोषहरूको हत्याविरुद्ध यो हाम्रो क्रोध हो ।”