३१ श्रावण २०८३, आईतवार
,
Latest
पूर्वी चीनको हङ्जे तालमा बाढी नियन्त्रणका लागि ६३ वटै ढोका खोलिए पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने, विकास र भूमि व्यवस्थापनका कार्य तिब्र अध्यक्ष ओलीले भने– पार्टीमा बस्ने भए अनुशासनमा बस्नुस्, नत्र आफ्नो बाटो रोजे हुन्छ जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहन्छ: अर्थमन्त्री सर्प र भर्याङ पहिरोमा परिएर एक जनाको मृत्यु निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहार नजिकिएसँगै पाला बनाउन भ्याइ नभ्याइ



अ+ अ-

काठमाडौँ । तिहार नजिकिएसँगै भक्तपुरको कुम्हाले समुदाय माटोका पाला बनाउन व्यस्त छन् । अन्य समय भन्दा तिहारमा माटोका भाँडा बनाउन कुम्हाले समुदायलाई भ्याइनभ्याइ हुन्छ । अन्य सिजनको तुलनामा तिहारको समयमा माटोको दियो र पालाको माग धेरै हुन्छ ।

दीपावलीका लागि तिहारमा हरेक घर—घरमा दियो बालिने हुँदा पनि माटोको पालाको माग बढी हुन्छ । पछिल्ला वर्षहरूमा नेपाली बजारमा इलेक्ट्रोनिक बत्तिहरु धेरै आयात हुने भएपनि माटोका हस्तनिर्मित पालाहरूले मौलिकताका झल्काउने भएकाले बजारमा माग उच्च रहेको व्यवसायी बताउँछन् ।

पालाहरू तिहारको सांस्कृतिक पक्षसँग मात्र नभई परम्परागत नेपाली हस्तकला र काष्ठकला संरक्षणमा पनि महत्वपूर्ण भुमिका खेलेको छ ।