३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

दोषीमाथि अविलम्व कारबाहीको माग

दोषीमाथि अविलम्व कारबाहीको माग
अ+ अ-

मोरङ। जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र लुटपाट गर्नेलाई अविलम्व कानुनी कारबाहीको दायरामा ल्याउन सरोकारवालाहरुले सुझाव दिएका छन् ।

गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ का सदस्य एवम् प्रवक्ता विज्ञानराज शर्माको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय मोरङले आज यहाँ आयोजना गरेको कार्यक्रममा उक्त सुझाव दिइएको हो ।

छलफलमा सहभागीहरुले आन्दोलनका क्रममा अर्बौ रकम बराबरको क्षति भएको र निजी सम्पत्तिमाथि तोडफोड, आगजनी तथा लुटपाट गर्नेलाई कानुनी कारबाहीको दायरमा ल्याउन आयोगको ध्यानाकर्षण गराए ।

आयोगका सदस्य शर्माले आयोगको क्षेत्राअधिकारभित्र फौजदारी मुद्धा नपर्ने भएकाले गत भदौ २३ र २४ गतेका घटनामा सरकारी, स्थानीय निकाय, निजी क्षेत्रमा भएको तोडफोड, आगजनी तथा लुटपाटका सम्बन्धमा छानबिन गरिने बताउनुभयो । उहाँले आयोग स्वतन्त्र निकाय भएकाले सबैको भावना समेट्ने गरी सत्यतथ्य जाँचबुझ गरी नेपाल सरकारलाई प्रतिवेदन बुझाउने बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाको सम्बन्धमा आवश्यक छानबिन गर्न माग गर्नुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले प्रहरीले क्षतिको मुचुल्का उठाइसकेको जानकारी गराउनुभयो । सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदार गुरागाईंले पीडितले न्याय पाउनुपर्ने र पीडकलाई कारबाही हुनुपर्नेमा जोड दिनुभयो।

उद्योग सङ्गठन मोरङका वरिष्ठ उपाध्यक्ष भोला दुलालले आन्दोलनको क्रममा आफ्नो होटल नेपालीरिकामा रु २८ करोडको क्षति भएको बताउनुभयो ।

त्यस अवसरमा नेकपा एमालेका मोरङ उपाध्यक्ष सागर थापा, जनता समाजवादी पार्टीका मोहम्मद नसरुल, राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण निरौला, नेकपा (माओवादी केन्द्र) का किशोर पाण्डे, उद्योग परिसङ्घका पवन शारडा, मोरङ उद्योग व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल साह, नेकां मोरङ उपाध्यक्ष भक्तिनाथ माझी, विराटनगर–१ का वडाध्यक्ष काजीबहादुर बस्नेतलगायतको उपस्थिति थियो ।