२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ



अ+ अ-

काठमाडौं । कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत दुई जनाको दोस्रो रिपोर्ट पोजेटिभ आएसंगै अस्पताल बसाइ लम्बिने भएको हो ।

मंगलबार दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको दोस्रो रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डिस्चार्ज गर्ने तयारी थियो । तर बुधबार रिपोर्ट पोजेटिभ आएपछि अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने टेकु अस्पतालका एक चिकित्सकले बताए ।

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा चैत १० गते र ६ चैतमा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकको चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।