१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटी बैठक: १४७ जना केन्द्रीय सदस्यको सुझाव



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठकमा आज दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले आआफ्नो धारणा राख्नुभएको छ ।

ललितपुर, जावलाखेलमा जारी बैठकमा आज दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा र सुझाव राख्नुभएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । हिजो पहिलो दिन ५० जना केन्द्रीय सदस्यले धारणा राख्नुभएको थियो ।

बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेट समय दिइएको छ । बैठकमा केन्द्रीय सदस्यको धारणा सुनेपछि भोलि पदाधिकारीहरूले पनि आफ्ना धारणा राख्ने कार्यतालिका रहेको छ । पदाधिकारीले धारणा राखेपछि अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्नुहुने छ ।

आजको बैठकमा केन्द्रीय सदस्यहरूले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आगामी कार्यदिशा, लोकतन्त्रको रक्षालगायत विषयमा सुझाव दिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । बैठक शुक्रबार बिहान ८ः०० बजे पुनः बस्नेछ । रासस