१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाद्वारा सञ्चारकर्मीका लागि अभिमुखीकरण तालिम सम्पन्न



अ+ अ-

धरान । नेपाली सेनाको पूर्वी पृतनाले सञ्चारकर्मीका लागि आयोजना गरेको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम आज यहाँ सम्पन्न भएको छ ।

गत असोज २७ गतेदेखि पूर्वी पृतना मुख्यलय इटहरीमा सुरु भएको अभिमुखीकरण तालिममा कोशी प्रदेशअन्तर्गत १४ जिल्लाका २३ जना सञ्चारकर्मीको सहभागिता थियो ।

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पृतनापति उपरथी गौरवकुमार केसीले नेपाली सेनाले खेलकुद, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, उद्धार तथा पुनःस्थापनासम्मका विविध क्षेत्रमा उल्लेखनीय योगदान गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सेनाले केवल राष्ट्रिय सुरक्षा र सीमाको रक्षामात्र होइन, राष्ट्रिय एकता, शान्ति स्थापना, आपसी सद्भाव र सहअस्तित्व प्रवर्द्धनमा पनि अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।”

उपरथी केसीले अभिमुखी कार्यक्रमबाट नेपाली सेनाको सङ्ठनात्मक स्वरूप, जिम्मेवारी र राष्ट्रिय भूमिकाबारे थप ज्ञान र सन्तुलित दृष्टिकोण विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

चारदिने अभिमुखीकरण तालिममा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको भूमिका, सेनाको तैनाथी तथा शान्ति स्थापना कार्य, विकास, निर्माणमा योगदान, अभिलेखीकरण प्रणालीको प्रयोग, प्रभावकारिता र चुनौती, विपद् प्रतिकार्य, जैविक विविधता, वातावरणीय सन्तुलन, स्थानीय समुदायसँगको सहकार्यलगायतका क्षेत्रमा नेपाली सेनाले पुर्याउँदै आएको भूमिकाका विषयमा जानकारी गराइएको थियो ।

सो अवसरमा नेपाली सेनाका विभिन्न कार्यक्रम तथा गतिविधिलगायतका विषयलाई प्रचारप्रसार गर्न सहयोग पुर्याएको भन्दै १३ वटा सामुदायिक रेडियो स्टेसनहरूलाई सम्मान गरिएको थियो ।