२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी

अङ्ग्रेजी नयाँ वर्षले पोखराको पर्यटनमा राहत

अङ्ग्रेजी नयाँ वर्षले पोखराको पर्यटनमा राहत
अ अ+ अ-

गण्डकी ।

       “सुन्दरी जनको ज्यादै गर्दा वर्णन प्रेमले ।
        घुमी यो पोखरा हेर्न पाएनन् कालिदाशले ।।
        नत्र यौटा महाकाव्य उहिल्यै लेखिने थियो ।
        संसारमा महान् ख्याति पोखराको हुने थियो ।।” 

संस्कृत साहित्यका महाकवि कालिदासको प्रसङ्ग उल्लेख गर्दै कवि मुकुन्दशरण उपाध्यायले आफ्नो वर्णनात्मक काव्य प्राकृत पोखराको ‘पोखरा’ शीर्षकको कवितामा सुन्दरताको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ । 

प्रकृतिको बरदान पोखरा स्वदेश तथा विदेश सबैतिर पर्यटकीय रुपमा चासो चर्चा पाएकोस्थल हो नै विभिन्न चाडपर्वदेखि नेपाली नयाँ वर्ष होस् वा अङ्ग्रेजी नयाँ वर्ष यस स्थानमा पर्यटक भरिने गरेका छन् ।

कोरोनाका कारण दुई वर्षयता प्रभावित पर्यटन विस्तारै चलायमान हुँदै गएको अवस्थामा हालै भित्रिएको अङ्ग्रेजी नयाँ वर्षका कारण यहाँ चहलपहल बढेको छ । अङ्ग्रेजी नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा क्रिसमसदेखि नै चहलपहल बढेको बताउने यहाँका पर्यटन व्यवसायीमा डिसेम्बर ३०, ३१ र जनवरी १ मा देखिएको पर्यटकको चापले थप आशा जगाएको छ ।

कोरोनाले थलिएको पर्यटन विस्तारै चलायमान हुन थालेको र अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकका साथै छिमेकी मूलुक भारतबाट राम्रै सङ्ख्यामा पर्यटक भित्रिएको पश्चिमाञ्चल होटेल सङ्घ९हान० पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी रेष्टुराँ एण्ड बार एशोसिएशन९रेवान० द्वारा गर्दै आएको सडक महोत्सवका कारण पनि यो समय स्वदेशी एवं विदेशी पर्यटकको पोखरामा आकर्षण बढ्ने गरेको छ ।

पोखरामा पर्यटकस्तरीय एक हजार होटेल रहेकामा लेकसाइड आसपासका क्षेत्रमा सात सय होटेल रहेको जानकारी दिँदै उहाँले यहाँका होटलमा ३० हजारभन्दा बढी शय्या रहेको बताउनुभयो । अंग्रेजी नयाँ वर्षमा क्षमताको करिब ८० प्रतिशतसम्म होटेल पर्यटकले भरिएको उहाँले जानकारी दिनुभयो । कोरोनाको महामारी पश्चात पहिलोपटक यतिका सङ्ख्यामा पर्यटक भरिएको जनाउँदै उहाँले भारतीय पर्यटकको बढ्दो आकर्षले आफू उत्साहित बनेको बताउनुभयो । 

पर्यटन व्यवसायीका अनुसार यस पटक नेपालको सीमा नजिकैको क्षेत्र उत्तर प्रदेश, विहारलगायतका क्षेत्रबाट ठूलै सङ्ख्यामा पर्यटक पोखरा आएका थिए । पोखरा आएका भारतीय पर्यटक धेरैजसोले उहीँबाट सवारीसाधन लिएर आएको र कतिपय मोटरसाइकलमा समेत आएको व्यवसायी बताउँछन् ।

अङ्ग्रेजी नयाँ वर्ष पोखराको आकर्षण जस्तै बनेको बताउने रेष्टुराँ एण्ड बार एशोसिएशन९रेवान० का अध्यक्ष लक्ष्मण बराल रेवानले यस पटक २३औँ संस्करणको पोखरा सडक महोत्सव सम्पन्न गरेको बताउनुभयो । “अङ्ग्रेजी नयाँ वर्षमा गर्दै आएको सडक महोत्सव पोखराको पहिचान जस्तै बनेको छ”, उहाँले भन्नुभयो, “आन्तरिक पर्यटकका साथै विदेशी पर्यटकलाई पनि यस सडक महोत्सवले लोभ्याउने गरेको छ ।”

‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नाराका साथ पोखराको लेकसाइडस्थित शहीदचोकदेखि कोमागाने पार्कहुँदै हल्लनचोक खहरे क्षेत्रसम्म गरिएको महोत्सव हेर्नका लागि यस पटक भारतीय पर्यटकका साथै देशका विभिन्न स्थानबाट आन्तरिक पर्यटक यहाँ आएका थिए ।

महोत्सवका अवसरमा सडकमै खाना खानेदेखि मनोरञ्जनका विभिन्न कार्यक्रम गरिएको थियो । पोखराको पर्यटनमा विभिन्न नयाँ गतिविधि सञ्चालन गरी मौसम या बेमौसमा जहिले पनि चलायमान होस् भन्ने उद्देश्यका साथ २३ वर्षअघि अङ्ग्रेजी नयाँ वर्षमा गरिएको सडक महोत्सवलाई त्यसयता बर्सेनि निरन्तरता दिँदै आइएको छ ।

सडक महोत्सवका अवसरमा नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश, विहारलगायतका स्थानबाट आएका पर्यटकका कारण यसले दीगो पर्यटनमा पनि टेवा पुग्ने देखिएको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवं नेपाल पर्यटन व्यवसायी सङ्घ(निट) गण्डकी प्रदेशका अध्यक्ष सोम थापाले बताउनुभयो । “नेपालसँग सीमा जोडिएका भारतका सहरबाट पर्यटक आउनुले यहाँको पर्यटनमा सकारात्मक सन्देश दिएको छ”, उहाँले भन्नुभयो, “कोरोनाले थलिएको पर्यटनको पुनरुत्थानका लागि आन्तरिक पर्यटनको विकाससँगै सीमावर्ती क्षेत्रबाट अधिकतम पर्यटक ल्याउनेतर्फ जागरुक बन्नु अपरिहार्य छ ।”

अङ्ग्रेजी नयाँ वर्षको आमगन पूर्व डिसेम्बर ३०, ३१ र जनवरी १ मा पोखरा पर्यटकले भरिएको नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष एवं होटल एलेगेन्ट, गौरीघाट लेकसाइडका सञ्चालक बोबरजङग गुरुङले बताउनुभयो । क्रिसमसदेखि नै पर्यटकको चहलपहल बढिरहेको बताउँदै उहाँले पछिल्ला तीन दिन भने कतिपय होटेलमा क्षमताको ८५ प्रतिशतसम्म होटेल भरिएको जानकारी दिनुभयो । (रासस)