४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलपत्र परेका नेपालीको बिषयमा सरकार मुकदर्शक बन्नु दुःखद : महर



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सिमामा अलपत्र नेपालीहरुलाई आफ्नो देशमा आउन नदिएर सरकारले नेपाली माथी आप्रवासी शरणार्थीको जस्तो ब्यवहार गर्नु अमानवीय काम भएको बताएका छन् । सीमानाका बन्द हुँदा खास गरि भारतबाट आउने नेपाली दशगजा क्षेत्रमै अलपत्र परेका बिषयमा क्वारेन्टाईन लगायत कुनै आवश्यक प्रवन्ध नगरि सरकार मुकदर्शक बन्नु दुःखद र गम्भीर विषय भएको उनको टिप्पणी छ ।

उनीहरु सीमापारीबाट आफ्नो देश फर्कन पाउनुपर्छ भन्दै नाराबाजी मात्रै होईन कि ज्यानको बाज़ी थाप्दै महाकाली नदीमा हाम फालेर स्वदेश फर्किदा समेत सरकारले गरेको दुर्व्यवहार मान्य नहुने भन्दै उनले आक्रोस पोखेका छन । रेमिट्यान्सका माध्यमले देशको अर्थतन्त्रमा करिब ९ खर्वको योगदान दिने आफ्नै जनता लाई ‘जुन देशमा छन्, त्यही देशले रेखदेख गर्नुपर्छ’ भन्दैँ आफ्ना नागरिकप्रति सरकार गैरजिम्मेवार बनेको भन्दैं नेता महरले गम्भीर आपत्ती जनाए ।

भारतका विभिन्न क्षेत्रबाट दार्चुलाको सीमा धार्चुलामा आएका उनीहरुमध्ये केहीले महाकाली नदीमा पौडिएर समेत नेपाल प्रवेश गरेका छन्। तर पौडिएर नेपाल आएकालाई पनि सरकारले प्रहरी लगाई समातेको कारुणिक तस्बीरहरु सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ ।, नेता महरले भने ‘प्रहरीले उनीहरुलाई अर्धनग्न अवस्थामा बजार समेत घुमाएको छ । कोरोनाको सन्त्रासमा विश्वका अन्य देशले विदेशमा रहेका आफ्ना नागरिकलाई जहाज चार्टर्ड गरेर लगिरहेका देशको सिमानानै अलपत्र परेका आफ्ना नागरिकहरुलाई बेवास्ता गर्नु यो सरकारको निकम्मापनको पराकाष्टा हो ।