१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी

अलपत्र परेका नेपालीको बिषयमा सरकार मुकदर्शक बन्नु दुःखद : महर

अलपत्र परेका नेपालीको बिषयमा सरकार मुकदर्शक बन्नु दुःखद : महर
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सिमामा अलपत्र नेपालीहरुलाई आफ्नो देशमा आउन नदिएर सरकारले नेपाली माथी आप्रवासी शरणार्थीको जस्तो ब्यवहार गर्नु अमानवीय काम भएको बताएका छन् । सीमानाका बन्द हुँदा खास गरि भारतबाट आउने नेपाली दशगजा क्षेत्रमै अलपत्र परेका बिषयमा क्वारेन्टाईन लगायत कुनै आवश्यक प्रवन्ध नगरि सरकार मुकदर्शक बन्नु दुःखद र गम्भीर विषय भएको उनको टिप्पणी छ ।

उनीहरु सीमापारीबाट आफ्नो देश फर्कन पाउनुपर्छ भन्दै नाराबाजी मात्रै होईन कि ज्यानको बाज़ी थाप्दै महाकाली नदीमा हाम फालेर स्वदेश फर्किदा समेत सरकारले गरेको दुर्व्यवहार मान्य नहुने भन्दै उनले आक्रोस पोखेका छन । रेमिट्यान्सका माध्यमले देशको अर्थतन्त्रमा करिब ९ खर्वको योगदान दिने आफ्नै जनता लाई ‘जुन देशमा छन्, त्यही देशले रेखदेख गर्नुपर्छ’ भन्दैँ आफ्ना नागरिकप्रति सरकार गैरजिम्मेवार बनेको भन्दैं नेता महरले गम्भीर आपत्ती जनाए ।

भारतका विभिन्न क्षेत्रबाट दार्चुलाको सीमा धार्चुलामा आएका उनीहरुमध्ये केहीले महाकाली नदीमा पौडिएर समेत नेपाल प्रवेश गरेका छन्। तर पौडिएर नेपाल आएकालाई पनि सरकारले प्रहरी लगाई समातेको कारुणिक तस्बीरहरु सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ ।, नेता महरले भने ‘प्रहरीले उनीहरुलाई अर्धनग्न अवस्थामा बजार समेत घुमाएको छ । कोरोनाको सन्त्रासमा विश्वका अन्य देशले विदेशमा रहेका आफ्ना नागरिकलाई जहाज चार्टर्ड गरेर लगिरहेका देशको सिमानानै अलपत्र परेका आफ्ना नागरिकहरुलाई बेवास्ता गर्नु यो सरकारको निकम्मापनको पराकाष्टा हो ।