२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफनै स्वतन्त्रतालाई सोध्छु



अ+ अ-

उन्माद हाँस्ने मन छ
तर आँटै आउदैन
निर्वाध खुशी व्यक्त गर्न मन छ
तर ह्रृदयै मान्दैन

आखिर किन ?
आफ्नै ह्रृदयलाई सोध्छु

ह्रृदय निकै खुम्चिएर भन्छ
के गर्नु खुशी कतै छैन
आफन्तबाट आफन्तै तर्सिएको छ
चौघेराभित्र जकडिएको छ
अनि कसरी हाँसौ उन्मत्त भएर ?

स्वतन्त्रतापूर्वक पाइला सार्न मन छ
तर पाईलै चल्दैन
कुदन,दौडन,लम्कन मन छ
तर गोडै लाग्दैन

आखिर किन ?
आफनै स्वतन्त्रतालाई सोध्छु ।

स्वतन्त्रता निकै जकडिएर भन्छ
जताततै बन्धन छ, महामारीको त्रास छ
आफू जोगिएर मानव जीवनको
अस्तित्व जोगाउनु छ
अनि कसरी आफनो स्वतन्त्रताले
सिंगो मानव अस्तित्व मेटाउन सक्छु ?

रचना : विदुरचन्द्र लामिछाने




भर्खरै