२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैरव अर्यालको नाममा स्थापित तीन पुरस्कार तीन स्रष्टालाई



अ+ अ-

काठमाडौँ। भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार तीन जना स्रष्टालाई प्रदान गरिएको छ ।

भैरव पुरस्कार गुठीले आज यहाँ एक कार्यक्रम आयोजना गरी २०८२ सालको भैरव पुरस्कार कृष्ण प्रधान, हरिप्रसाद शर्मा वाङ्मय तथा विवश पोखरेललाई प्रदान गरेको हो ।

गुठीका अनुसार भैरव पुरस्कार भारत–सिलगुढी निवासी वरिष्ठ हास्यव्यङ्ग्यकार कृष्ण प्रधानलाई प्रदान गरिएको हो । यो पुरस्कारको राशि रु एक लाख ११ हजार १११ रहेको छ । भैरव पुरस्कार पहिलो पटक नेपाल बाहिरका स्रष्टालाई समर्पण गरिएको गुठीले जनाएको छ ।

त्यस्तै, रु एक लाख एक हजार १११ राशिको भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्र कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिएको छ । साथै रु ५१ हजार १११ राशिको भैरव प्रतिभा पुरस्कार विराटनगर मोरङका विवश पोखरेललाई प्रदान गरिएको छ ।

गुठीका अध्यक्ष रोचक घिमिरे, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्याल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाललगायतले पुरस्कार प्रदान गर्नुभएको हो ।

कार्यक्रममा पुरस्कृत स्रष्टाबारेमा जानकारी गराउँदै साहित्यकार नरनाथ लुइँटेल, केके कर्माचार्य, प्रमोद प्रधानलगायतले नेपाली साहित्यमा भैरव अर्यालको योगदानबारे चर्चा गर्नुभयो ।

साथै साहित्यकार खगेन्द्र सङ्ग्रौला, गोविन्द घिमिरे ‘वेदमणि’ले भैरव अर्याल नेपाली व्यङ्ग्य साहित्यका अद्वितीय प्रतिभा भएको बताउनुभयो । पुरस्कृत स्रष्टाले भैरव अर्यालको नामको पुरस्कार प्राप्त गर्नु आफूहरूका लागि निकै गर्वको विषय भएको बताउनुभयो ।

गुठीले पुरस्कार प्राप्तकर्ताको नाम छनोट गर्न साहित्यकार वसन्त रिजालको संयोजकत्वमा साहित्यकारद्वय नरेन्द्रराज पौडेल र प्रह्लाद पोखरेल सदस्य रहनुभएको चयन समिति गठन गरेको थियो । गुठीको आजै सम्पन्न साधारणसभाले वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ । रासस




भर्खरै