७ पुष २०८२, सोमबार
,
Latest
एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्किको भनाई हास्यास्पदः कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू प्रधानमन्त्री हुन र संसद् विघटन गर्न संविधानले नछेक्ने तर जेन्जी युवाहरुको परिवर्तनको चाहना पुरा गर्न भने संविधान वाधक रहेको तथा नयाँ संसदबाट चुनिएर आउनुपर्ने प्रधानमन्त्री सुशीला कार्कीको तर्क हास्यास्पद रहेको बताएका छन् ।

थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्रको असफलताको कारण देश संकटमा परेको तर्क गर्दै अहिलेकै व्यवस्थालाई कायम राखेर निर्वाचन गर्नुको कुनै अर्थ नरहने स्पष्ट पारे ।

जेन्जी आन्दोलनले खोजेको परिवर्तनको चाहनालाई देशी विदेशी शक्तिहरूको साँठगाँठबाट तुहाईएको भन्दै थापाले ूआन्दोलन अधुरो भएको, आन्दोलनको अधुरो काम पूरा गर्न हिन्दू राष्ट्र र राजसंस्थाको पुनर्स्थापना, प्रदेश संरचनाको खारेजी तथा सुशासनको मुद्दालाई लिएर राप्रपा नेपाल जनताको माझमा जानुपर्नेमा थापाले जोड दिए ।

पार्टीको कोशी, मधेश र बागमती क्षेत्र समन्वय समितिका पदाधिकारी सदस्य, जिल्ला अध्यक्ष हरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले भ्रष्टाचार र कुशासनको अन्त्यका निमित्त भएको आन्दोलनले कांग्रेस र एमालेको गठबन्धन सरकारलाई विस्थापित गर्न सफल भए तापनि भ्रष्टाचार र कुशासनको मुख्य कारणको रुपमा रहेको निर्वाचन प्रणाली, शासकीय स्वरूप, प्रदेश संरचना परिवर्तन गर्न नसकेकोमा रोष प्रकट गरे ।

थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्रको असफलताको कारण देश संकटमा परेको भन्दै अहिलेकै व्यवस्थालाई कायम राखेर निर्वाचन गर्नुको कुनै अर्थ नरहने समेत स्पष्ट पारे ।

भर्चुअल बैठकका अधिकांश सहभागीहरूले पार्टी एकताको आवश्यकता र महत्व रहेता पनि पार्टीको मूलभूत आदर्श र मान्यतालाई कमजोर बनाउने गरी कसैसँग एकता र सहकार्य गर्न आवश्यक नरहेको, बरु आफ्नो सिद्धान्तप्रति निष्ठावान रही एक्लै अघि बढ्नु उपयुक्त हुने सुझाव दिएका थिए ।

भोलि पश्चिमाञ्चल, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमाञ्चलका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु, विकास क्षेत्रीय अध्यक्षहरू र जिल्ला अध्यक्षहरूको भर्चुअल बैठक हुनेछ ।