काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिविरुद्ध दायर रिटको पेसी आगामी कार्तिक १२ गतेका लागि तोकेको छ ।
सर्वोच्चमा अधिवक्ता युवराज सफलले प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै रिट दायर गरेका हुन् । सफलले आफ्नो रिटमा संविधानको मर्म र प्रावधान विपरीत प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री नियुक्त गरिएको भन्दै उक्त निर्णय बदर गर्न माग गरेका छन् ।
रिटमा सफलले प्रधानमन्त्री कार्कीको नियुक्ति संविधानको धारा अनुसार नहुने भन्दै त्यसलाई असंवैधानिक घोषित गर्न र आवश्यक आदेश जारी गर्न माग गरेका छन् ।
सर्वोच्च अदालतको रजिस्ट्रार कार्यालयले प्रारम्भिक अध्ययनपछि रिटलाई पूर्ण इजलासमा पेस गर्ने तयारी गरेको बताइएको छ । यसअघि पनि प्रधानमन्त्री नियुक्ति र संसद् विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा पुगेका थिए ।
पेसीकै दिन अदालतले मुद्दा पेशी सूचीमा राखेर प्रारम्भिक सुनुवाइ गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।










