२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टी महाधिवेशनको प्रक्रियामा प्रवेश गरिसक्योः अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा महाधिवेशनको प्रक्रियामा प्रवेश गरिसकेको बताउनुभएको छ ।

राप्रपाको केन्द्रिय कार्य सम्पादन समितिको बुधवार बसेको बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टी महाधिवेशनको तयारीमा लागेकोले सबैलाई एकजुट हुन पनि आग्रह गर्नुभयो । महाधिवेशनको मिति घोषणा गर्नुपर्ने, कारबाहीमा परेकाहरुलाई फुकुवा गर्नुपर्ने लगायतका मागसहित राप्रपाका महामन्त्रीदय धवल शमशेर जबरा र कुन्ति शाहीले भने बैठक बहिस्कार गर्नुभएको थियो । अध्यक्ष लिङदेनले महामन्त्रीहरुको माग बुधवार बसेको कार्यसम्पादन समितिको बैठकले सम्बोधन गरेको पनि दाबी गर्नुभयो । महाधिवेशनको नै उहाँकोको मुख्यमा माग भएकोले महाधिवेशनको मिति तय गर्नको लागि केन्द्रिय समितिको बैठक बोलाइएको पनि उहाँले जानकारी दिनुभयो ।

राप्रापाले कात्तिक २७ र २८ गते केन्द्रिय कार्यसमितिको बैठक बोलाउने निर्णय पनि गरेको छ । उक्त बैठकको मूल मुद्दा नै महाधिवेशनको मिति तय गर्ने हुने उहाँले बताउनु भयो ।  उहाँले देशभर जिल्ला अधिवेशनको तयारी भईराखेको पनि जानकारी दिनुभयो । असोज मसान्तसम्ममा जिल्ला अधिवेशन सक्ने भनिए पनि बाढी पहिरो, जेनजी आन्दोलन, चाडपर्व लगायतका कारण गर्न नसकिएको उहाँले बताउनु भयो । उहाँले स्थानीय, जिल्ला र प्रदेश समितिको अधिवेशन गर्ने म्याद मंसिर मसान्तसम्म थपेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘महामन्त्री द्वय धवलशमबेर राणा र कुन्ति शाहीले बैठकमा एउटा पत्र पठाएर आजको बैठकमा अनुपस्थित हुने र केही विषयहरु उहाँहरुले ध्यानाकर्षण गराउनुभएको छ । जुन उहाँहरुले सार्वजानिक रुपमा पनि भन्दै आउनुभएको छ तर त्यो उहाँहरुले जे जे विषय उठाएपनि त्यसलाई सम्बोधन गर्ने नगर्ने भन्ने कुरा त पार्टीको आन्तरिक छलफलबाट टुंगो लाग्ने विषय हो । उहाँहरुको विषय पार्टीको आन्तरिक फोरममा उहाँहरु समेत उपस्थिति भएर छलफल हुनुपर्ने विषय हो । तर उहाँहरुले चिठी पठाएर अनुपस्थिति जनाउनुभएको छ । त्यस विषयमा पनि बैठकमा छलफल भएको छ । उहाँहरुले भन्नुभएका धेरै कुरा पार्टीले अगाडी नै बढाईसकेको छ । मूल रुपमा महाधिवेशनको कुरा हो, महाधिवेशनको प्रक्रियामा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरिसकेको छ । देशभर जिल्ला अधिवेशनको तयारी भईराखेको छ । हामीले असोज मसान्तसम्ममा जिल्ला अधिवेशन सक्ने भनेर भनेका थियौँ । बाढी पहिरो, जेनजी आन्दोलन, चाडपर्व यी सबैले गर्दाखेरि अधिवेशन समयमा सम्पन्न हुन सकेन, त्यसको म्याद मंसिर मसान्तसम्म थपेका छौँ । हामीले कात्तिक २७ र २८ गते केन्द्रिय कार्यसमितिको बैठकको मिति पनि आज निर्णय गरेका छौँ । केन्द्रिय कार्यसमितिको मुल एजेण्डा नै आगामी महाधिवेशन हुने हुनाले केन्द्रिय कार्यसमितिको बैठकले महाधिवेशनको पनि मिति तय गर्छ ।’ 

राप्रपाको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले राजनितिक, व्यक्तिगत आग्रह, पूर्वाग्रहभन्दा देशलाई केन्द्रमा राखेर सबै राजनितिक शक्तिहरुको बीचमा वृहत राष्ट्रिय सहमति गर्न आग्रह गरेको छ । जेन—जी समूह, विभिन्न राजनितिक दलहरु र परम्परागत शक्तिको प्रतिनिधि राजसंस्थाका बीचमा नविन समmभदारी गरेर कसैले नहार्ने, सबैले जित्ने, देशले जित्ने राष्ट्रिय सहमति गर्नुपर्नेमा राप्रपाले जोड दिएको छ । उक्त कार्यको लागि तत्काल सार्थक पहल र सम्वादको लागी राप्रपाले आवह्वान समेत गरेको छ ।

राप्रपाले फागुन २१ गते हुने निर्वाचनमा भाग लिने, आसन्न निर्वाचनको बारेमा छठ पछि देशभर जनसम्बाद गर्ने, शिथिल अर्थतन्त्र उकास्ने कार्ययोजना ल्याउन, सुरक्षित लगानीको वातावरण बनाउन एवं व्यवसायी र व्यवसायिक प्रतिष्ठानलाई सुरक्षाको प्रत्याभुति दिलाउन सरकारसंग माग गर्ने, जेन—जी आन्दोलनका नाममा भईरहेका चन्दा असुली, भोटेकोशी लगायतका जलविद्युत आयोजनामा निःशुल्क शेयर माग, सार्वजानिक पदाधिकारीहरुलाई दिएको अनावश्यक दबाब जस्ता कार्य रोक्न सरकारको ध्यानाकर्षण गराउने लगायतका निर्णय गरेको छ ।

बैठकले राप्रपा जुम्लाका अध्यक्ष वेदबहादुर शाही, उपाध्यक्षद्वय विमल शाही र कालीबहादुर महत र कर्णाली प्रदेश सदस्य मन्सुर सुनारलाई एक वर्षको लागि निलम्वन समेत गरेको छ ।