१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

राष्ट्रिय प्रजातन्त्र पार्टी महाधिवेशनको प्रक्रियामा प्रवेश गरिसक्योः अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी महाधिवेशनको प्रक्रियामा प्रवेश गरिसक्योः अध्यक्ष लिङदेन
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा महाधिवेशनको प्रक्रियामा प्रवेश गरिसकेको बताउनुभएको छ ।

राप्रपाको केन्द्रिय कार्य सम्पादन समितिको बुधवार बसेको बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टी महाधिवेशनको तयारीमा लागेकोले सबैलाई एकजुट हुन पनि आग्रह गर्नुभयो । महाधिवेशनको मिति घोषणा गर्नुपर्ने, कारबाहीमा परेकाहरुलाई फुकुवा गर्नुपर्ने लगायतका मागसहित राप्रपाका महामन्त्रीदय धवल शमशेर जबरा र कुन्ति शाहीले भने बैठक बहिस्कार गर्नुभएको थियो । अध्यक्ष लिङदेनले महामन्त्रीहरुको माग बुधवार बसेको कार्यसम्पादन समितिको बैठकले सम्बोधन गरेको पनि दाबी गर्नुभयो । महाधिवेशनको नै उहाँकोको मुख्यमा माग भएकोले महाधिवेशनको मिति तय गर्नको लागि केन्द्रिय समितिको बैठक बोलाइएको पनि उहाँले जानकारी दिनुभयो ।

राप्रापाले कात्तिक २७ र २८ गते केन्द्रिय कार्यसमितिको बैठक बोलाउने निर्णय पनि गरेको छ । उक्त बैठकको मूल मुद्दा नै महाधिवेशनको मिति तय गर्ने हुने उहाँले बताउनु भयो ।  उहाँले देशभर जिल्ला अधिवेशनको तयारी भईराखेको पनि जानकारी दिनुभयो । असोज मसान्तसम्ममा जिल्ला अधिवेशन सक्ने भनिए पनि बाढी पहिरो, जेनजी आन्दोलन, चाडपर्व लगायतका कारण गर्न नसकिएको उहाँले बताउनु भयो । उहाँले स्थानीय, जिल्ला र प्रदेश समितिको अधिवेशन गर्ने म्याद मंसिर मसान्तसम्म थपेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘महामन्त्री द्वय धवलशमबेर राणा र कुन्ति शाहीले बैठकमा एउटा पत्र पठाएर आजको बैठकमा अनुपस्थित हुने र केही विषयहरु उहाँहरुले ध्यानाकर्षण गराउनुभएको छ । जुन उहाँहरुले सार्वजानिक रुपमा पनि भन्दै आउनुभएको छ तर त्यो उहाँहरुले जे जे विषय उठाएपनि त्यसलाई सम्बोधन गर्ने नगर्ने भन्ने कुरा त पार्टीको आन्तरिक छलफलबाट टुंगो लाग्ने विषय हो । उहाँहरुको विषय पार्टीको आन्तरिक फोरममा उहाँहरु समेत उपस्थिति भएर छलफल हुनुपर्ने विषय हो । तर उहाँहरुले चिठी पठाएर अनुपस्थिति जनाउनुभएको छ । त्यस विषयमा पनि बैठकमा छलफल भएको छ । उहाँहरुले भन्नुभएका धेरै कुरा पार्टीले अगाडी नै बढाईसकेको छ । मूल रुपमा महाधिवेशनको कुरा हो, महाधिवेशनको प्रक्रियामा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरिसकेको छ । देशभर जिल्ला अधिवेशनको तयारी भईराखेको छ । हामीले असोज मसान्तसम्ममा जिल्ला अधिवेशन सक्ने भनेर भनेका थियौँ । बाढी पहिरो, जेनजी आन्दोलन, चाडपर्व यी सबैले गर्दाखेरि अधिवेशन समयमा सम्पन्न हुन सकेन, त्यसको म्याद मंसिर मसान्तसम्म थपेका छौँ । हामीले कात्तिक २७ र २८ गते केन्द्रिय कार्यसमितिको बैठकको मिति पनि आज निर्णय गरेका छौँ । केन्द्रिय कार्यसमितिको मुल एजेण्डा नै आगामी महाधिवेशन हुने हुनाले केन्द्रिय कार्यसमितिको बैठकले महाधिवेशनको पनि मिति तय गर्छ ।’ 

राप्रपाको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले राजनितिक, व्यक्तिगत आग्रह, पूर्वाग्रहभन्दा देशलाई केन्द्रमा राखेर सबै राजनितिक शक्तिहरुको बीचमा वृहत राष्ट्रिय सहमति गर्न आग्रह गरेको छ । जेन—जी समूह, विभिन्न राजनितिक दलहरु र परम्परागत शक्तिको प्रतिनिधि राजसंस्थाका बीचमा नविन समmभदारी गरेर कसैले नहार्ने, सबैले जित्ने, देशले जित्ने राष्ट्रिय सहमति गर्नुपर्नेमा राप्रपाले जोड दिएको छ । उक्त कार्यको लागि तत्काल सार्थक पहल र सम्वादको लागी राप्रपाले आवह्वान समेत गरेको छ ।

राप्रपाले फागुन २१ गते हुने निर्वाचनमा भाग लिने, आसन्न निर्वाचनको बारेमा छठ पछि देशभर जनसम्बाद गर्ने, शिथिल अर्थतन्त्र उकास्ने कार्ययोजना ल्याउन, सुरक्षित लगानीको वातावरण बनाउन एवं व्यवसायी र व्यवसायिक प्रतिष्ठानलाई सुरक्षाको प्रत्याभुति दिलाउन सरकारसंग माग गर्ने, जेन—जी आन्दोलनका नाममा भईरहेका चन्दा असुली, भोटेकोशी लगायतका जलविद्युत आयोजनामा निःशुल्क शेयर माग, सार्वजानिक पदाधिकारीहरुलाई दिएको अनावश्यक दबाब जस्ता कार्य रोक्न सरकारको ध्यानाकर्षण गराउने लगायतका निर्णय गरेको छ ।

बैठकले राप्रपा जुम्लाका अध्यक्ष वेदबहादुर शाही, उपाध्यक्षद्वय विमल शाही र कालीबहादुर महत र कर्णाली प्रदेश सदस्य मन्सुर सुनारलाई एक वर्षको लागि निलम्वन समेत गरेको छ ।