१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च बारद्वारा निष्पक्ष चुनावका लागि सघाउने प्रतिबद्धता



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष तुल्याउने सरकारको अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालसँग सर्वोच्च अदालत बार एसोसिएसनका कार्यवाहक अध्यक्ष अम्बर राउतसहितका पदाधिकारीले आज भेट गरी मुलुकमा शान्ति सुव्यवस्था र आमजनतामा सुशासनको प्रत्याभूति दिलाउन आग्रह गर्नुभयो ।

उहाँहरूले भ्रष्टाचार नियन्त्रण, कानुनी शासनलगायत जेनजी पुस्ताले उठाएको माग सम्बोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।