३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कामनापा २६मा एनएफसि चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली प्रारम्भ

कामनापा २६मा एनएफसि चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली प्रारम्भ
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २६ लैनचौर क्षेत्रबाट एनएफसि (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान प्रारम्भ भएको छ ।

लैनचौरस्थित वडा कार्यालयमा ०९–लक्ष द्रव्य ६१११ नम्बरको प्लेट जडान गर्दै वडाध्यक्ष एवं महानगरपालिकाको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले प्रणाली शुभारम्भ गर्नुभएको हो । वडापछि अल्का बस्ती मार्ग, लैनचौर मार्ग हुँदै प्लेट जडान गरिनेछ । प्रणाली खरिद तथा जडान कार्यका लागि वडाले आर्थिक वर्ष २०८१/८२ मा थालेको सार्वजनिक खरिद प्रक्रिया टुङ्गिएपछि प्लेट जडान थालिएको हो । यसको लागत ४५ लाख रुपियाँ हो । ६ हजार ८५० घर संख्या रहेको वडाभित्र २०८२ कार्तिक मसान्तभित्र प्रणाली जडान गरिसक्ने योजना छ । यो कामको जिम्मा जेबिएस इन्फ्रास्ट्रक्चरले पाएको छ ।

काठमाडौँ महानगरपालिकाले विगत २ दशक देखि मेट्रिक ठेगाना प्रणाली कार्यान्वयन गरेको थियो । यो प्रणालीलाई रुपान्तरण गर्दै वडा नम्बर २६ ले प्रविधि सुहाउँदो डिजिटल ठेगाना प्रारम्भ गरेको हो । वडाध्यक्ष तिवारीका अनुसार पुरानो ठेगाना तथा बाटोका नामहरुलाई यथावत राखी क्युआर कोड र चिप्स सहितको ठेगाना प्लेट जडान हुनेछ । उहाँले भन्नुहुन्छ, ‘जडान गरिएको ठेगाना प्लेटमा नेपाली स्थानीय कोड सँगै युनिभर्सल गुगल प्लस कोड हुनेछ । प्लेट जडान भएका घरमा घरधनीहरुले प्लेटको फोटो पठाए मात्र पुग्छ । यसमा भएको क्युआर स्क्यान गरेपछि लोकेसनमा पुग्न सकिन्छ ।

एलमुनियममा लेजर मार्फत खोपेर तयार गरिएको एनएफसि ठेगाना प्लेटमा खानेपानी, बिजुली, इन्टरनेटलगायत सेवासँग सम्बन्धित ग्राहक नम्बर राखिएको छ । यसमा राखिएको आइडी नम्बर कतै दोहोरिँदैन । यो आइडी तथा ठेगाना, कोड अफ लाइनमा समेत खोज्न सकिने गरि बनाइएको छ ।

नम्बर प्लेटमा राखिएको क्युआर कोडको प्रयोगले घरमा आउने पाहुनाले डोर बेलको रुपमा प्रयोग गर्न सक्छन् । फोहर संकलनको जानकारी दिन, कुनै सर्भे गर्न, स्थानीय स्तरबाट कुनै सूचना प्रवाह जस्ता अत्यावश्यक कामका लागि छिटो र न्यून लागतमा काम गर्न सकिन्छ ।

वडाध्यक्ष तिवारी भन्नुहुन्छ, ‘यो काम विद्युतीय शासनका लागि महत्वपूर्ण आधार हो । विद्युतीय प्रतिस्पर्धा, विद्युतीय डेलिभरी, विद्युतीय हाजिरी, बायोमेट्रिक्स, विद्युतीय शिफारिस, विद्युतीय चिठ्ठी पत्र, विद्युतीय टिप्पणी जस्ता विद्युतीय सेवा प्रक्रिया महानगरपालिकाले कार्यान्वयनमा ल्याइसकेको छ ।’

तिवारी भन्नुहुन्छ, ‘विद्युतीय शासनको पहिलो पूर्वाधार भनेकै सेवाग्राहीको घर र ठेगाना प्रणाली हो । यसबाट विद्युतीय नागरिक सहभागिता सुनिश्चित गराउन सकिन्छ । यो भनेको शासन प्रणालीमा नागरिकको प्रत्यक्ष सहभागिता हुने अवसर हो । आफू बसेकै ठाउँबाट सेवा प्राप्त अवस्था हो । यो आधारमा टेकेर धेरै काम गर्न सकिन्छ । यो प्रविधि अन्य वडाहरुमा पनि विस्तार हुँदै जानेछ ।’

‘यसअघि हामीलाई करदाता र सेवाग्राहीको पहिचान गर्न नै कठिन थियो । आज प्रदान गरिएको घर नम्बर प्रणालीले सेवा प्रवाह, राजस्व संकलन जस्ता कामलाई स्मार्ट बनाउन सहयोग हुनेछ । वडा सचिव केदार रिमाल भनुहुन्छ, ‘प्रकोपका समयमा घटना स्थलमा छिटो पुग्न, आवश्यकताका आधारमा खोज तथा उद्धा र राहतका काम गर्न तथा यस्ता प्रकृतिका सेवाका लागि महत्वपूर्ण आधार बन्नेछ ।’