२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता

कार्गो बोक्दा निगमको आर्थिक अवस्था बलियो हुन्छ : मन्त्री आले

कार्गो बोक्दा निगमको आर्थिक अवस्था बलियो हुन्छ : मन्त्री आले
file photo
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अर्बौको ऋणमा रहेको नेपाल वायुसेवा निगमले प्राधिकरणबाट वर्षको ५० प्रतिशतमात्रै कार्गो तथा यात्रु सेवाको कारोबार प्राप्त गर्न सक्नेमा त्यसले निगमको आर्थिक अवस्था बलियो बनाउन मद्दत पुग्ने बताउनुभएको छ । 

आज मन्त्रालयमा भएको नेपाल वायुसेवा निगम र विद्युत् प्राधिकरणबीच हवाई टिकट तथा खतराजन्य पदार्थ ९डेन्जरस गुड्स० कोर्गो ओसारपोसार सम्झौता कार्यक्रममा उहाँले विद्युत् प्राधिकरणको कार्गो र यात्रु ओसारपसारबाट निकै राहत हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “निगम डुब्ने अवस्थामा छ, अब विद्युत् प्राधिकरणबाट वर्षको ५० प्रतिशतमात्रै कार्गो बोक्न पाए ऋण तिर्नमा निकै सहज हुने छ ।” नेपाल वायुसेवा निगम र विद्युत् प्राधिकरणबीच हवाई टिकट तथा खतराजन्य पदार्थ (डेन्जरस गुड्स) कार्गो ओसारपोसार गर्ने सम्झौता भएको छ । 

मन्त्रालयमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी तथा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाल वायुसेवा निगमले विद्युत् प्राधिकरणका कर्मचारीलाई अन्तर्राष्ट्रिय उडानमा १५ प्रतिशतसम्म छुट दिने भएको छ । यसैगरी विद्युतीय प्राधिकरणका उपकरण तथा कार्गो ढुवानीमा तौलका आधारमा कम्तीमा पनि पाँचदेखि १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ ।

प्राधिकरणका कर्मचारी तथा परिवारका सदस्यले टिकटमा छुट पाउन निगमको मुख्यालयबाटै मात्रै टिकट खरिद गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । उक्त कार्यक्रममा मन्त्रालयमा सचिव महेश्वर न्यौपानेले वायुसेवा निगम र विद्युत् प्राधिकरणबीचको कोर्गो ओसारपोसार सम्झौताले वायुसेवा निगमलाई निकै राहत पुग्ने अपेक्षा लिइएको बताउनुभयो ।