१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

काँग्रेस र एमालेलाई बाहिरै राखेर मधेसको मुख्यमन्त्रीमा लोसपाका सोनलको दाबी पेश

काँग्रेस र एमालेलाई बाहिरै राखेर मधेसको मुख्यमन्त्रीमा लोसपाका सोनलको दाबी पेश
अ अ+ अ-

जनकपुर । मधेस प्रदेश सभाको दुई ठूलो दल काँग्रेस र एमालेबिनै राखेर लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जितेन्द्र सोनलले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजिनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले आज अपरान्ह ४ बजेसम्म मुख्यमन्त्रीकालागि दाबी पेश गर्न आह्वान गर्नुभएको थियो । प्रदेश प्रमुखले सरकार बनाउनका लागि दाबी पेश गर्न आह्वान गरेपछि काँग्रेस र एमाले बाहेकका दलहरु जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा र नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीको समर्थनमा सोनललाई मुख्यमन्त्रीमा नियुक्त गर्नकालागि प्रदेश प्रमुख समक्ष दाबी पेश गरिएको छ ।

सोनललाई यी ५ दलका ५७ प्रदेशसभा सदस्यहरुको समर्थन प्राप्त भएको छ । मधेसमा सरकार निर्माणका लागि १ सय ७ सदस्यीय मधेसको प्रदेश सभामा ५३ प्रदेशसभा सदस्यहरुको समर्थन आवश्यक छ । यसअघि काँग्रेसको नेतृत्वमा सरकार निर्माण गर्ने गरी एमाले र जनमत पार्टीको समर्थनमा सरकार निर्माणका लागि प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरिएको थियो । तर जनमत पार्टी काँग्रेस एमाले खेमा छोडेर यो खेमामा आएपछि सोनलको मुख्यमन्त्री बन्ने सम्भावना लगभग पक्का भएको छ ।

लोसपाका केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले सक्रियता देखाउँदै काँग्रेस एमालेलाई सत्ता बाहिरै राखेर सरकार निर्माणको वातावरण निर्माण गर्न सफल भएका छन् ।