४ श्रावण २०८३, सोमबार
,
Latest
साउनको पहिलो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो ‘अवरूद्ध राजमार्ग सञ्चालनका लागि पहिरो पन्छाउने काम प्राथमिकतामा’ कर्मचारीको आन्तरिक मिलान गर्ने सरकारको निर्णय एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त इरानी गृहमन्त्री सोमबार पाकिस्तान आउने नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देश कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा पुनर्स्थापनाबारे सभामुखले दलहरुसँग छलफल गर्दै



अ+ अ-

काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाबारे छलफल गर्न १० दलको बैठक बोलाउनु भएको छ ।

सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी छलफलका लागि बोलाउनु भएको छ ।

बैठकमा सभामुख घिमिरेले संसद् पुनर्स्थापनाबारे दलहरुसँग राय माग्ने बताइएको छ । प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनको विरुद्धमा हिजो सर्वोच्च अदालतमा १० वटा रिट परेको छ ।