१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्याली पब्लिकका तीनै टोली विजयी चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेसलाई एकतावद्ध बनाउन आवश्यकः प्रवक्ता महत



प्रवक्ता डा महत ललितपुर, २८ असोजः नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा मङ्गलबार बसेको केन्द्रीय समितिको बैठकपश्चात् सञ्चारकर्मीसँग धारणा राख्नुहुँदै पार्टीका प्रवक्ता डा प्रकाश शरण महत । तस्बिरः गोपाल दाहालरासस
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, संविधान र राष्ट्रियतामाथि आक्रमण भइरहेको भन्दै पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार पार्टी केन्द्रिय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पार्टी सभापति शेरबहादुर देउवाले अगामी महाधिवेशनपछि नेतृत्व छोड्ने बताइसक्दा पनि पार्टीका जिम्मेवार नेताहरुले मुख्य विषयलाई नै विषयान्तर गरेर नेतृत्वमाथि प्रश्न उठाउनेगरेकोमा आपत्ति समेत जनाउनु भयो । लोकतन्त्र, संविधान र पार्टीमाथि आक्रमण भएको बेला नेतृत्व परिवर्तनको बहसले पार्टी एकतालाई नै कमजोर बनाउने उहाँको भनाइ छ । उहाँले सभापत्रि देउवाले कार्यवाहक दिइसकेको र आगामी महाधिवेशनपछि नेतृत्व नलिने घोषणा गरिसकेको भन्दै नेतृत्व परिवर्तनबो बहस अन्त्य गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले मुलुकमा धेरै ठूलो चुनौती छ । पार्टी र संविधानमाथि नै आक्रमण भएको छ । राष्ट्रियताको जगलाई नै कमजोर बनाउने कोसिश भएको छ ।  यस्तो अवस्थामा हाम्रो पार्टीमा नयाँ नेतृत्व आउनुपर्छ भनेर छलफल भएको छ यसले निश्चय नै विषयान्तर गराएको छ । यसले पार्टीलाई एकताबद्ध गरेर जाने कुरामा पनि समस्या ल्याएको छ । अब अधिवेशन त जतिसक्दो चाँडो गर्ने कुरामा दुईमत छैन । गरौंला पनि तर एकता अहिले सबैभन्दा ठूलो कुरा हो । अरु पार्टीको जिम्मा त हामीले किन लिने ? शेरबहादुरजीले चाँही आज कार्यवाहक पनि दिईसक्नुभयो र आउँदो अधिवेशनबाट आफू नेतृत्वमा रहन्न भनिसक्नु भएको छ । यसका बाबजुद पनि पार्टीकै जिम्मेवार नेताबाट जुन आलको प्रश्नहरु आइरहेको छ यसले पार्टीमाथि प्रश्न उठाएको छ ।’

बैठकले जेन—जी आन्दोलनका क्रममा नेताहरूमाथि भएको हिंसात्मक आक्रमणको भत्र्सना गरेको पनि बताउनु भयो । उहाँले पार्टीका भातृ संघहरुमा समेत गम्भीर समस्या रहेको भन्दै ति संघसंस्थाहरुलाई पुनःजीवित गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।