८ भाद्र २०८३, सोमबार
,
Latest
नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाको सम्बोधन: पार्टीमा हमेसा एकै जना सभापति रहिरहँदैन ,१५औं महाधिवेशनबाट विदा लिन्छु -पूर्णपाठ



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनको वातावरण बनाउनका लागि ध्यान दिनुपर्ने बताउनुभएको छ ।

जेन—जी आन्दोलनपछि पहिलो पटक मंगलवार पार्टी मुख्यालय सानेपामा सार्वजनिक हुनुभएका उहाँले पार्टी केन्द्रिय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै सो आवश्यकता औंल्याउनुभएको हो ।

सभापति देउवाले फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेपनि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा बन्न नसकेको उल्लेख गर्दै सबै दललाई निर्वाचनमा सहभागी गराउने गरी आवश्यक वातावरण सरकारले बताउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकारले फागुन २१ मा निर्वाचनको मिति घोषणा गरेको छ । तर स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन । निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सके मात्र निर्वाचनमा सबै सहभागी हुने अवस्था  बन्छ । त्यसतर्फ सरकारको ध्यान जाओस् ।’

सभापति देउवाले देश र जनताको पक्षमा आफूले सकेको योगदान दिएको पनि बताउनु भयो ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/10/शेर-बहादुर-देउवा-speech-media-copy.pdf” title=”शेर बहादुर देउवा speech media copy”]