२४ कार्तिक २०८२, सोमबार
,
Latest
सर्वोच्चद्वारा निकोलस भुसाललाई छाड्न अस्वीकार, छानबिन छिटो सक्न निर्देशन दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोध अन्तरिम सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न अध्यक्ष ओलीको चेतावनी भदौ २३ र २४ गतेको आन्दोलन क्रान्ति होइनः ओली अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर जेन–जी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन नगर्नु गल्ती भयोः ओली सबै दलहरुले मिलेर मुलुकलाई निकास दिनुपर्छः प्रकाशमान सिंह काँग्रेसलाई पूर्वराष्ट्रपति यादवको आग्रहः तत्काल निर्वाचनमा जाने निर्णय गरियोस् जेनजी आन्दोलनमा रोटी सेक्नेहरु एमालेका विरुद्धमा छन्ः नेतृ झाँक्री हामीले पार्टीमा पुर्याएको क्षतिलाई पूरा गर्नेगरी पिठ्युँ थापेर लाग्नेछौँः रामकुमारी झाँक्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा सार्वजनिक हुने भएपछि काँग्रेस मुख्यालय सानेपामा सुरक्षा व्यवस्था मजबुत



अ+ अ-

काठमाडौँ: नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठकमा केहीबेरमा शुरु हुदैछ ।

जेन—जी आन्दोलनकारीहरुले आफ्नै निवासमा सांघातिक आक्रमणबाट घाइते हुनुभएका सभापति शेरबहादुर देउवा पनि सो बैठकमार्फत पहिलो पटक सार्वजनिक हुन लाग्नुभएको छ । सभापति देउवा बैठकमा सहभागी हुनेभएपछि नेपालीको काँग्रेसको मुख्यालयमा कठा सुरक्षा प्रवन्ध गरिएको छ । प्रहरीको साथ नेपाली काँग्रेसका युवा संगठन तरुण दल र विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले मुख्यालयमा सुरक्षा दिइरहेका छन् ।

बैठकमा नेताहरुले सभापति देउवालाई पद छोड्न र समयमा नै नियमित महाधिवेशन गराउन दबाब दिने बताइएको छ । बैठकमा केन्द्रिय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, आमन्त्रित सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरु सहभागी हुनेछन् । —न्युज एजेन्सी नेपाल