३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

तिहारका लागि मादल बनाउन भ्याइनभ्याइ

तिहारका लागि मादल बनाउन भ्याइनभ्याइ
अ+ अ-

दोधारा चाँदनी, (कञ्चनपुर) । तिहार नजिकिँएसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ का रेशम वादीको मादल बनाउने काममा व्यस्तता बढेको छ । अन्य समयमा घरेलु जुत्ता उद्योग सञ्चालन गरेर जीविकोपार्जन गर्ने उहाँले दसैँ, तिहारको समयमा मादल बनाउने गर्नुहुन्छ ।

नेपाली सांस्कृतिक चाडपर्वमा विशेष स्थान ओगटेको मादल देउसीभैलो, नाचगान र सांस्कृतिक कार्यक्रमको प्रमुख बाजा भएकाले तिहार नजिकिँदै गर्दा मादलको माग बढेको वादीले बताउनुभयो । “दसैँ र तिहारको समयमा मादल बनाउने माग बढी आउने गरेको छ, विशेषगरी तिहारको समयमा मादलको बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “तिहारका मागअनुसार मादल पुर्‍याउन पनि सकिँदैन ।” तिहारमा मादल बिक्रीबाट रु ४० हजारसम्म आम्दानी हुने गरेको उहाँले उल्लेख गर्नुभयो ।

केही वर्षअघिसम्म तीजमा पनि मादलको माग बढी आउने गरेको भए पनि पछिल्लो समय आधुनिक प्रविधिको बढ्दो प्रयोगले तीजमा मादल बिक्री हुन छोडेको वादीले बताउनुभयो । “दुई–तीन वर्षअघिसम्म तीजमा मादलको माग उच्च थियो, अहिले तिहारमा मात्रै खोजी हुन्छ”, उहाँले भन्नुभयो, “मादल बनाएको सानो र ठूलोको दुई हजारदेखि १२ हजारसम्म बिक्री हुन्छ ।”

कच्चा पदार्थ नपाउँदा समस्या

वाद्यवादनका सामग्री बनाउनु वादी समुदायको पुख्र्यौली पेसा हो । पछिल्लो समय वाद्यवादनका सामग्री बनाउन कच्चापदार्थ पाउन कठिन भएपछि पेसा नै सङ्कटमा पर्न थालेको दोधारा चाँदनी–३ का वादीले जानकारी दिनुभयो । “बाजेबुबाले वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्नुभयो, अहिले कच्चापदार्थ रूपमा आवश्यक पर्ने छाला र काठ (खमारी) नपाउँदा समस्या हुन्छ”, उहाँले भन्नुभयो ।

मादलमा बाख्राको छालाको प्रयोग हुने बताउँदै भारतीय छिमेकी सहरमा छाला पाइने भए पनि नाकामा सुरक्षाकर्मीले ल्याउन रोक लगाउने गरेकाले समस्या हुने वादीको अनुभव छ । छाला र खमारी सहज रूपमा नपाइने भएकाले पछिल्लो समय नयाँ मादल बनाउनेभन्दा पनि मादल मर्मतका लागि आउने सेवाग्राही बढी हुने गरेका उहाँले बताउनुभयो ।

उहाँका अनुसार भारतीय बजारमा एउटा छालाको रु एक हजारसम्ममा खरिद गर्न पाइन्छ । “यहाँ छालाका लागि हामीले बाख्रा किन्नुपर्छ त्यो अत्यन्त महँगो हुन्छ, छाला मात्रै पाउँदैन”, उहाँले भन्नुभयो, “भारतीय सहरमा पाइन्छ सीमानाकामा ल्याउन पाइँदैन ।”

वादी समुदायको मुख्य पेसा मादल, ढोलक र दामाहा बनाएर बिक्रीवितरण गर्नु हो । विभिन्न पर्वमा नाचगान गरेर जीविकोपार्जन गर्ने यो समुदायले बढ्दो आधुनिकतासँगै पुख्र्यौली पेसा सङ्कटमा पर्दै गएको बताउँछन् । रासस