२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई मन्त्री खरेलको आग्रह



फाइल फोटो
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचनामन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज विभिन्न सञ्चारमाध्यमका सम्पादक एवं प्रतिनिधिसँगको छलफलमा उहाँले फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी गरिरहेको भन्दै निर्वाचनका लागि सकारात्मक वातावरण निर्माणमा भूमिका खेल्न आग्रह गर्नुभएको हो ।

“निर्वाचन निर्धारित समयमै हुन्छ, त्यसको वातावरण बनाउन मिडियाकर्मीले भूमिका खेल्न आवश्यक छ”, मन्त्री खरेलले भन्नुभयो, “मुलुुकलाई अगाडि बढाउनका लागि निर्वाचनको अर्को विकल्प छैन । त्यसैले यसमा सबैको सहयोगका लागि मिडिया महत्त्वपूर्ण माध्यम हो ।”

उहाँले राजनीतिक दलहरू पनि निर्वाचनका लागि प्रतिबद्ध रहेको विश्वास व्यक्त गर्नुभयो । अब निर्वाचनको माहोल बनाउन राजनीतिक दलहरू पनि जिम्मेवार भएर लाग्नुपर्ने भन्दै मन्त्री खरेलले व्यवस्थापकीय पाटोमा सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

“राजनीतिक दल र ‘जेनजी’ समूहलाई संवादमा ल्याएर संवादहीनताको अन्त्य भएको छ । यसले निर्वाचनको वातावरण बनिरहेको छ”, उहाँले भन्नुभयो,“निर्वाचन सफल गराई मुलुकमा सुशासन प्रवर्द्धन, पुनर्निर्माण र विकास सरकारको मूल दायित्व हो । यसमा सबै लागौँ ।”

मन्त्री खरेलले ‘जेनजी’ आन्दोलनको जगमा बनेको सरकारप्रति राष्ट्रिय र अन्तरराष्ट्रिय जगत्को समर्थन रहेको स्पष्ट पार्नुभयो ।

छलफलमा सहभागीहरूले निर्वाचनमार्फत मुलुकमा पद्धति र प्रणाली स्थापित गर्दै देशलाई आर्थिक समृद्धिको दिशातर्फ अगाडि बढाउन सुझाव दिनुभयो । उहाँहरूले निर्वाचनको माहोल बनाउन राजनीतिक दलसँगको संवादलाई निरन्तरता दिनुपर्ने, सरकारी सूचना प्रवाहलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।