१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

संघीय गणतन्त्र असफल भइसकेको छ, अब राष्ट्रवादी शक्ति एकजुट हुनुपर्छः कमल थापा

संघीय गणतन्त्र असफल भइसकेको छ, अब राष्ट्रवादी शक्ति एकजुट हुनुपर्छः कमल थापा
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र व्यवस्था देशको संकटको मूल कारण भएको बताएका छन् ।

राप्रपा नेपाल मकवानपुरद्वारा आज हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले हाल देखिएको राजनीतिक अस्थिरता, भ्रष्टाचार र जनआक्रोशको जड यही असफल प्रणालीमा रहेको भन्दै यसको विकल्पमा हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको माग दोहोर्‍याए ।

थापाले भदौ २४ गते मध्यरातमा जेन्जी युवा पुस्ताको आन्दोलनलाई देशी–विदेशी शक्तिहरूले ‘हाइज्याक’ गरेको आरोप लगाए ।

उनका अनुसार जनताको बलिदानबाट खुलेको परिवर्तनको ढोका फेरि भ्रष्ट शक्तिहरूले बन्द गर्न खोजेका छन् ।

“गणतन्त्रका अवशेषहरूले ठूलो जुक्ति लगाएर भ्रष्ट व्यवस्थालाई निरन्तरता दिने घोषणा गरे,” उनले भने, “जनताको परिवर्तनको चाहनामाथि तुषारापात गरिएको छ ।”

अध्यक्ष थापाले वर्तमान सरकार र प्रमुख दलहरूलाई भ्रष्टाचार र कुशासनलाई जोगाउने प्रयासमा लागेको आरोप पनि लगाए ।

“विगतमा सडक आन्दोलनमार्फत व्यवस्था परिवर्तन गर्न उद्यत रहेका दलहरू अहिले निर्वाचनको विरोध गर्दैछन् । संविधानको दुहाइ दिएर भ्रष्ट व्यवस्थालाई निरन्तरता दिन खोज्नेहरूलाई जनता अब विश्वास गर्दैनन्,” उनले चेतावनी दिए, “आगामी निर्वाचनमा कांग्रेस र कम्युनिस्ट दललाई जनताले भोट दिने छैन ।”

थापाले अगाडि भने, “वर्तमान राज्य संरचना, निर्वाचन प्रणाली, संवैधानिक परिषद र न्याय परिषदको व्यवस्था यथावत् राखेर गरिने निर्वाचनको कुनै औचित्य छैन ।”

उनले प्रधानमन्त्री सुशीला कार्कीलाई सम्बोधन गर्दै प्रश्न गरे — “जेन्जी युवा पुस्ताको चाहनाअनुसार परिवर्तनको वाचा गरेर प्रधानमन्त्री बनेकी कार्कीले यही पुरानै प्रणालीमा कसरी नयाँ परिवर्तन ल्याउने ? यही प्रणालीमा हुने चुनावले स्थायित्व दिन्छ भन्ने ग्यारेन्टी के छ ? ”

थापाले जेन्जी आन्दोलनले स्पष्ट राजनीतिक खाका नबनाएको भए पनि त्यसले भ्रष्टाचार र कुशासनविरुद्ध जनचेतना जगाएको बताए । उनका अनुसार आन्दोलनका क्रममा प्रदेश संरचना खारेजी, शासकीय स्वरूपमा परिवर्तन, हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाका मागहरू उठे पनि सरकार त्यसतर्फ गम्भीर हुन सकेको छैन ।

“कमसेकम सरकारले सर्वपक्षीय छलफल गरेर केही मागहरू सम्बोधन गर्न सक्थ्यो,” उनले भने, “तर अहिले सरकार यथास्थितिमा निर्वाचन गराउने कुरा मात्र दोहोर्‍याइरहेको छ ।”

थापाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका भवनहरू ध्वस्त हुनु लोकतन्त्रमाथिको प्रहार र राष्ट्रिय स्वाधीनतामाथिको अपमान भएको टिप्पणी गरे । “सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत सुरक्षित हुन नसक्ने ठाउँमा सर्वसाधारण जनता कसरी सुरक्षित हुने ?” उनले प्रश्न गरे ।

यस्तै, अध्यक्ष थापाले मुलुकको विद्यमान संकट समाधानका लागि राष्ट्रवादी शक्तिहरूलाई एकजुट हुन आह्वान गरे । “देशको सुरक्षा र हिन्दुराष्ट्र–राजसंस्थाको एजेन्डा जोगाउन सबै राष्ट्रवादी शक्ति एउटै मोर्चामा आउनुपर्ने बेला आएको छ,” उनले भने, “देशमा बलियो राष्ट्रवादी शक्ति निर्माण अहिलेको आवश्यकता हो ।”

कार्यक्रममा महामन्त्री राजाराम बर्तौला, गुरु सापकोटा, मन डिसी, दिलबहादुर बल, रमेश चौलागाईं र भृगु कार्कीलगायत नेताहरूले पनि आफ्नो धारणा व्यक्त गरेका थिए ।