१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

नेपाल सुन्दर छ तर जोखिमपूर्ण छः गृहमन्त्री

नेपाल सुन्दर छ तर जोखिमपूर्ण छः गृहमन्त्री
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । २०७२ सालको भूकम्प र त्यसपछिको बाढीपहिरोले विपद् पूर्वतयारी र जोखिम न्युनिकरणको महत्व वोध गराएको उहाँले बताउनु भयो । भौगोलिक रुपमा नेपाल सुन्दर भएपनि जोखिमपूर्ण रहेको उहाँको भनाई छ । नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, सुख्खा लगायतका प्राकृतिक तथा मानवसिर्जित विपद्हरुको उच्च जोखिम रहेको उहाँले बताउनु भयो ।

विपद्लाई प्राकृतिक मात्र नभई सामाजिक संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । संविधान, राष्ट्रिय नीति तथा कानूनहरुले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनसम्बन्धी कार्यहरु सबैको समन्वय, सहकार्य र सहभागितामा सम्पादन हुने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । केन्ददेखि स्थानीय तहसम्म विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा विभिन्न संयन्त्रहरु क्रियाशिल रहेको उहाँको भनाई छ । उहाँले बाढी तथा डुवानजस्ता जोखिमहरुको पूर्व जानकारीका लागि अर्ली वार्निङ सिस्टमको विस्तार गरिएको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल भौगोलिक रुपमा सुन्दर छ । तर त्यत्तिकै जोखिमपूर्ण पनि छ । हाम्रो देश भूकम्प, बाढी, पहिरो, डुवान, आगलागी, सुख्खा लगायतका प्राकृतिक तथा मानवसिर्जित विपद्हरुको उच्च जोखिम रहेको मुलुक हो । विपद्का कारण जनधनको ठूलो क्षति हुनुको साथै विकासको गति अवरुद्ध हुँदै आएको तथ्य हामी सबैलाई ज्ञात छ । विशेषगरी २०७२ सालको भूकम्प र त्यसपछिका ठूला बाढी पहिरोहरुले हामीलाई विपद् पूर्वतयारी र जोखिम न्युनिकरणको महत्व गम्भिर रुपमा वोध गराएका छन् । हामीले विपद्लाई प्राकृतिक मात्र नभई सामाजिक संरचनात्मक र नितिगत कमजोरीसँग पनि जोडेर हेर्नु आवश्यक छ ।’

‘नेपाल सरकारले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । संविधान, राष्ट्रिय निति तथा कानुनहरुले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनसम्बन्धी कार्यहरु सबैको समन्वय, सहकार्य र सहभागितामा सम्पादन हुने व्यवस्था गरेको छन् । केन्द्रदेखि स्थानीय तहसम्म विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनका थुपै्र संयन्त्रहरु क्रियाशिल छन् । सुरक्षा निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र, सञ्चारजगत, नागरिक समाज लगायतको समन्वयात्मक, सहकार्यत्मक र सहभागितात्मक क्रियाशिलताले विपद् व्यवस्थापनको कार्यहरुले सफलता पाउँदै गएका छन् ।’ 

उहाँले समुदायको अग्रसरताविना विपद् न्युनिकरण सम्वभ नभएको बताउँनु हँुँदै विद्यालयस्तरदेखि स्थानीय तहसम्म सचेतना तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गरिएको बताउनु भयो । विपद् जोखिम न्युनिकरण सरकारको मात्रै नभएर सम्पूर्ण राष्ट्रको साझा जिम्मेवारी भएको उहाँको भनाई छ । नीति निर्माणदेखि कार्यन्वयनसम्म, जनसाधारणदेखि प्राविधिक विज्ञसम्म सबैको समन्वय, सहकार्यविना दिगो समाधान सम्भव नभएको उहाँले बताउनु भयो ।