• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त ★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   गिरिजाप्रसाद कोईरालालाई स्मरण गर्दै नेताहरुले भने: शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन

राष्ट्रियसभा सदस्य निर्वाचन: कर्णालीमा यस्तो छ मतभार



कर्णाली । राष्ट्रियसभामा रिक्त हुने तीन सदस्यका लागि माघ १२ गते हुने निर्वाचनको प्रक्रिया सुरु भइसकेको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले कर्णालीबाट निर्वाचित हुने तीन सदस्यका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्दैछ भने मङ्गलबार उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका रहेको जनाएको छ । 

कर्णालीमा स्थानीय तहका प्रमुख-उपप्रमुख १५६ र प्रदेशसभाका ३५ गरी १९१ जना मतदाता छन् । प्रदेश निर्वाचन अधिकारी एवं सहायक निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले मङ्गलबार उम्मेदवारको मनोनयन दर्ता हुने बताउनुभयो । उहाँका अनुसार कर्णालीमा महिला एक, अन्य एक र अपाङ्गता-अल्पसङ्ख्यक क्लस्टरबाट एक गरी तीन सदस्यमा निर्वाचन हुँदैछन् । 

महिलाबाट कविता बोगटी (हुम्ला), अपाङ्गताबाट जीवन बुढा ९कालीकोट० र अन्यबाट ठगेन्द्रप्रकाश पुरी (रुकुम पश्चिम) को पदावधि सकिँदैछ । दलहरुले उम्मेदवारी दिँदा सम्बन्धित क्लस्टरबाटै दिनुपर्नेछ । 

राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गर्ने अधिकार स्थानीय तहका प्रमुख÷उपप्रमुख र प्रदेशसभाका सदस्यलाई मात्र छ । स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार १८ तथा प्रदेशसभा सदस्यको मतभार ४८ हुने कानुनी व्यवस्था छ । राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा सबैभन्दा बढी मत नेकपा (माओवादी केन्द्र) सँग छ । माओवादी केन्द्रका स्थानीय तहमा प्रमुख÷उपप्रमुख गरी ५२ र प्रदेशसभामा १२ सदस्य छन् । 

माओवादी केन्द्रमा स्थानीय तहबाट ९३६ र प्रदेशसभाबाट ५७६ मत गरी एक हजार ५१२ मत छ । नेकपा(एमाले) का स्थानीय तहका प्रमुख-उपप्रमुख गरी ४५ र प्रदेशसभा सदस्य १३ जना छन् । स्थानीय तहबाट ८१० र प्रदेशसभाबाट ६२४ मत हुन आउछ । यो भनेको एमालेको कूल एक हजार ४३४ मत हो । 
    
नेपाली कांग्रेससँग स्थानीय तहका प्रमुख-उपप्रमुखको ७२० तथा प्रदेशसभा सदस्यको २८८ गरी कूल एक हजार आठ मत छ । एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) मा स्थानीय तहका प्रमुख-उपप्रमुख गरी १३ र प्रदेशसभाका ३ जना मतदाता छन् । स्थानीय तहको मतभार २३४ र प्रदेशसभा सदस्यको मतभार १४४ गरी एकीकृत समाजवादीको कूल मत ३७८ रहेको छ । राप्रपाको एक जना प्रदेशसभा सदस्य भएकाले उसको मतभार ४८ मात्र छ ।रासस