१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा अध्यक्ष दाहाल असोज ३१ गते जेनेभा जाँदै



अ+ अ-

काठमाडौँ: राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल जेनेभा जानुहुनेभएको छ ।

अन्तरिव्यवस्थापिका मञ्चको १ सय ५१ औँ भेलामा भाग लिन अध्यक्ष दाहाल असोज ३१ गते जेनेभा जानुहुने भएको हो । आईतवार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्नुभएको थियो ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले आफ्नो प्रधानमन्त्रीसँगको भेट नियमित जस्तै रहेको र तीन पटक भेटिसकेको जानकारी दिनुभयो । प्रधानमन्त्रीसँगको भेटमा संघीय संसदको नेतृत्व गर्दै आफू जेनेभा जान लागेको र त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताउनु भयो । मानवीय मान्यताहरु कायम राख्ने र संकटको समयमा मानवीय कार्यलाई समर्थन गर्ने भन्ने थिम यस वर्षको अन्तरिव्यवस्थापिका मञ्चको रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो नियमित जस्तै पनि हो । मैले दुई,तीन पटक भेटिसकेको छु । १७ तारिकको (यसको ३१ गते) म जेनेभा जाँदैछु । अन्तरिव्यवस्थापिका मञ्चको १ सय ५१ औँ भेला छ । त्यो भेलामा संघीय संसदको तर्फबाट म सहभागी हुन जाँदैछु । त्यसको बारेमा रिपोर्टिङ गर्नु थियो । जानकारी दिनु थियो । त्यसका मूल विषयहरु यसरी सोचेका छु भनेर मौखिक रुपमा विषयवस्तु जानकारी गराएको छु । मानवीय मान्यताहरु कायम राख्ने र संकटको समयमा मानवीय कार्यलाई समर्थन गर्ने भन्ने थिम छ । गत साल एआईको थियो ।’

आफूले अन्तरिव्यवस्थापिका मञ्चको १ सय ५१ औँ भेलामा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने बताउनु भयो । —न्युज एजेन्सी नेपाल