१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको एघारौं महाधिवेशन मंसिर अन्तिम साता हुने ,संसद् पुनस्थापना लागि नेतृत्व लिने



अ+ अ-

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको हो।

बैठक पछि उपमहासचिव प्रदीप ज्ञवालीले एघारौं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना हुने जानकारी दिनुभयो ।

ज्ञवालीले महाधिवेशन स्थान र मितिको टुंगो भने केन्द्रीय कमिटी बैठकबाट हुने जानकारी दिनुभयो । बैठकले संसद् पुनस्थापना लागि नेतृत्व लिने र अहिले भएको प्रतिगमनविरुद्ध एकजुट हुने निर्णय समेत गरेको छ।

नेता ज्ञवालीले सरकार असंवैधानिक तरिकाले बनेको र चुनावको कुनै वातावरण नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘सरकार चुनाव गराउने बाटोमा छैन, सरकार चुनावका लागि तयारी नै छैन । प्रहरी चौकी लुट्नेहरूलाई कारबाही भएन, जेल तोडेर कैदीहरू बाहिर बसेका छन् । चौकीहरू पुनस्थापना भएको छैन, कसरी चुनाव हुनसक्छ ? चुनावको पूर्वतयारी नै भएको छैन, दलहरूलाई धम्काएर निर्वाचन कसरी हुन्छ ? निर्वाचनको आत्मा मरिरहेको छ कसरी हुन्छ चुनाव ? अहिलेका गतिविधि चुनाव लक्षित छैन ।’

नेता ज्ञवालीले संसद् पुन: स्थापनाबाट नै अहिलेको समस्याको निकास दिने बताउनु भयो ।