१३ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रपतिसँग रवि लामिछानेको भेट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको जानकारी थापाथली तार आगलागीपछि सरकार सक्रिय, दीर्घकालीन व्यवस्थापनको कार्ययोजना अघि बढाइँदै सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’ स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने



अ+ अ-

काठमाडौँ । ललितपुरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ ।

फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा १८ औँ संस्करणको गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०८२ हुन लागेको हो ।

फ्यानले आईतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी असोज २९ गतेदेखि कात्तिक २ गतेसम्म ललितपुरको जावलाखेलको खेल मैदानमा प्रदर्शनी हुने जानकारी दिएको छ । तिहार तथा छठ पर्वलाई लक्षित गरी ‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने नाराको साथ प्रदर्शनी गर्न लागिएको हो ।

प्रदर्शनीमा ८० वटा व्यावसायिक स्टल, एउटा प्लान्ट क्लिनिक स्टल, ५ वटा अफिसियल स्टल, २ वटा प्रतियोगितात्मक स्टल र २ वटा फोटो सेल्फी स्टल गरी ९० वटा प्रदर्शनी कक्ष रहने फ्यानका उपाध्यक्ष एवम् मेला संयोजक सुमन महर्जनले जानकारी दिनुभयो । प्रदर्शनीमा ४५० भन्दा बढी प्रकारका फूल बिरुवाहरू प्रदर्शित र विक्री वितरण हुने उहाँले बताउनु भयो । पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने र एक करोड तीस लाख भन्दा बढिको व्यवसायिक कारोबार हुने उहाँको भनाई छ ।

प्रतिष्पर्धात्मक प्रदर्शनी रहेकोले गोदावरी फूलको विविध विधामा प्रतिष्पर्धा गराई पुरस्कृत गरिने उहाँले बताउनु भयो । प्रदर्शनीमा गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिष्पर्धा गराइनेछ । प्रतिष्पर्धा हुने प्रजातीहरुमा मिनियचर, स्पाईडर, रिफ्लेक्स, ईन्कर्भ र गोदावरीको कट फ्लावर रहने छन् । प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा बिधागत उत्कृष्ट हुने नर्सरी÷फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ ।