१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथा आरोहण र प्रेमकथामा ‘जेरी अन टप’



अ+ अ-

काठमाडौँ । सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित नेपाली चलचित्र ‘जेरी अन टप’ आगामी असोज ३१ गतेदेखि प्रदर्शन हुने भएको छ । प्रस्तुतकर्ता सरोज न्यौपानेले युवापुस्ताको कथामा नेपालको सौन्दर्य देखिने एउटा स्तरीय चलचित्र बनाउने कोसिस गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले नेपालको सौन्दर्यलाई चलचित्रमा प्रस्तुत गरेका छौँ, चलचित्रको मुख्य पात्रले सगरमाथा आरोहण गर्ने क्रममा निम्तिने घटनाक्रम देखाइएको चलचित्रले पर्यटनमा टेवा पुर्‍याउने अपेक्षा लिएको छु, नेपाली चलचित्र भनेर गौरव गर्न मिल्ने गरी हामी सबैले मेहनत गरेका छौँ ।”

उहाँले उक्त चलचित्र यही असोज ३१ गतेदेखि नेपालसँगै अस्ट्रेलिया, संयुक्तराज्य अमेरिका, क्यानाडालगायत देशमा प्रदर्शन हुने जानकारी दिनुभयो । उक्त चलचित्रका अभिनेता भुवन केसीले नेपालीको सुन्दरता र नेपाली विषयवस्तुको राम्रो मिश्रण ‘जेरी अन टप’ मा रहेको बताउनुभयो ।

“मैले चलचित्रमा लामो समय बिताएको छु, कलाकार, निर्माता र निर्देशकका रुपमा काम गरेको अनुभवले पनि यो चलचित्रलाई नेपालीभन्दा गौरव लाग्छ, सम्पूर्ण सदस्यको मेहनतले यो एउटा अन्तरराष्ट्रियस्तरको चलचित्र बनेको छ”, उहाँले भन्नुभयो ।

उक्त चलचित्रमा अभिनेता केसीसँगै अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, उषा खड्गीलगायत कलाकारले अभिनय गर्नुभएको छ । अभिनेत्री शर्माले चलचित्रमा आफूले ‘श्रेया’ नामक पात्रको भूमिका निर्वाह गरेको जानकारी गराँदै आफ्नो राम्रो चलचित्र मध्येको एक रहेको बताउनुभयो ।

“मैले यो चलचित्रमा निकै मेहनत गरेकी छु र मेरो कलाकारिताकै एउटा राम्रो र स्तरीय चलचित्र बनेको भन्न सक्छु, हामी अभिनेत्रीलाई पर्दामा राम्री देखिउ भन्ने लाग्छ, यसमा एउटा अभिनेत्रीले सपना देख्ने सम्पूर्ण इच्छा पूरा भएको छ”, अभिनेत्री शर्माले भन्नुभयो । अनन्या फिल्म्स प्रोडक्सनबाट निर्मित ‘जेरी अन टप’ लाई सुयोग गुरूङले निर्देशन गर्नुभएको छ । यस चलचित्रमा हेमराज विसीले कथा लेखन, विश्वास तिम्सिनाले पटकथा लेखन र दुलिप रेग्मीले छायाङ्कन गर्नुभएको छ ।