२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कबिता : कोरोनाबाट बचौ



अ+ अ-

प्रा. डा मोदनाथ मरहट्टा

ज्वरो , खोकी सास बढ्न गएमा
टाउको, घाटी, जिउ, दुख्ने भएमा ।
कमजोरी र रुघा झै रहेमा
जचाउन जाउ यी लक्षण भएमा ।
डर चिन्ता हरेश केही नखानु
घर बाहिर जमघटमा नजानु ।
नौलो बस्तु केही पनि नछुनु
साबुनपानीले बारम्बार हात धुनु ।
छ फिटको सामाजिक दुरी
सम्पर्कमा नजाउन केही गरी ।
आफनो अनि घरको सरसफाई
कोरोनाको छैन है केही दवाई ।
बेथा सारो सम्पर्क भएमा
मधुमेह दम प्रेसर रहेमा ।
ब्रम्हअस्त्र सामाजिक दूरी
पालना गरौ संकोच नै नगरी ।
नाक मुख आखामा नछुने
मास्क चश्मा लगाउनु बेश हुने ।
खोक्दा छिक्दा मुख छोप्न लगाउ
आफू बाचौ सबैलाई बचाउ ।
हाम्रो राम्रो संस्कृति संस्कार
हात नमिलाई गरौ ल नमस्कार ।
आफनो रक्षा आफैले गरौ
सरकारको धेरै भर नपरौ ।




भर्खरै