२१ भाद्र २०८३, आईतवार
,
Latest
छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विवाद समाधान : सन्दीपको कप्तानीमा खेल्न ज्ञानेन्द्र तयार



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र खेलाडीबीचको विवाद समाधान भएको छ । क्यानको कारवाहीमा परेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहितका खेलाडी टिममा फर्किने भएका छन् ।

सन्दीप लामिछानेको कप्तानीलाई स्वीकार गर्दै ज्ञानेन्द्रसहितका खेलाडी अब टि–२० ग्लोबल छनोटका लागि बन्द प्रशिक्षणमा सहभागी हुने भएका छन् । खेलकुदमन्त्री महेश्वर गहतराजले ज्ञानेन्द्रलाई फोन गरी विवादलाई धेरै नलम्ब्याउन आग्रह गरेको बुझिएको छ । 

क्यानले हिजो मात्र लगातार संवाद गरी सहमतिका लागि असन्तुष्ट खेलाडीहरुसँग आग्रह गरेको थियो । साथै क्यानले खेलाडीमाथि कारवाही फिर्ता र ग्रेडिङमा भएको त्रुटि सच्याउन लचिलो हुने बताएपछि खेलाडीहरु पनि टिममा फर्किएका हुन् ।