२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेलेन्स्कीद्वारा ट्रम्पलाई युक्रेनमा शान्तिको मध्यस्थता गर्न आग्रह



युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की
अ+ अ-

किएभ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्पलाई मध्यपूर्वमा जस्तै युक्रेनमा शान्ति कायम गर्ने पहल गर्न आग्रह गर्नुभएको छ।

राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल फेसबुकमा ट्रम्पलाई सम्बोधन गर्दै लेख्नुभएको छ, “यदि कुनै एक क्षेत्रमा युद्ध रोक्न सकिन्छ भने निश्चित रूपमा अन्य (रूस–युक्रेन) युद्ध पनि रोक्न सकिन्छ।”

दुई नेताहरूबीचको सम्बन्धमा फेब्रुअरीमा नाटकीय रूपमा तनाव देखिए पनि अहिले उहाँहरूबीच सम्बन्धमा न्यानोपन आएको छ। उनीहरूबीच ह्वाइट हाउसमा भएको प्रत्यक्ष वार्तामा भनाभनको अवस्था सिर्जना भएको थियो।

यद्यपि, अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्ला केही महिना यता जेलेन्स्कीलाई ‘राम्रो मान्छे’ भन्दै युक्रेनको लागि समर्थन कायम राख्नुभएको छ। युक्रेन सन् २०२२ देखि रूसी आक्रमणविरूद्ध लडिरहेको छ।

यसअघि दुई नेताबीच गत सेप्टेम्बरमा न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा भेटवार्ता भएको थियो । (रासस/एएफपी)