१४ श्रावण २०८३, बिहीबार
,
Latest
सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन, थप ४ पालिकामा पुग्यो नापी–मालपोत सेवा प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ देशवासीका नाममा सम्बोधन गर्ने काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड देवानगञ्ज घटनाप्रति एमाले अध्यक्ष ओलीको चिन्ता, संयम र संवादमार्फत समाधान खोज्न आग्रह वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा, भेला–जुलुस र प्रदर्शनमा रोक सुनसरी जाँदै गृहमन्त्री गुरुङ, झडपमा ज्यान गुमाएका मेहता परिवारसँग भेट्ने मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेलेन्स्कीद्वारा ट्रम्पलाई युक्रेनमा शान्तिको मध्यस्थता गर्न आग्रह



युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की
अ+ अ-

किएभ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्पलाई मध्यपूर्वमा जस्तै युक्रेनमा शान्ति कायम गर्ने पहल गर्न आग्रह गर्नुभएको छ।

राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल फेसबुकमा ट्रम्पलाई सम्बोधन गर्दै लेख्नुभएको छ, “यदि कुनै एक क्षेत्रमा युद्ध रोक्न सकिन्छ भने निश्चित रूपमा अन्य (रूस–युक्रेन) युद्ध पनि रोक्न सकिन्छ।”

दुई नेताहरूबीचको सम्बन्धमा फेब्रुअरीमा नाटकीय रूपमा तनाव देखिए पनि अहिले उहाँहरूबीच सम्बन्धमा न्यानोपन आएको छ। उनीहरूबीच ह्वाइट हाउसमा भएको प्रत्यक्ष वार्तामा भनाभनको अवस्था सिर्जना भएको थियो।

यद्यपि, अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्ला केही महिना यता जेलेन्स्कीलाई ‘राम्रो मान्छे’ भन्दै युक्रेनको लागि समर्थन कायम राख्नुभएको छ। युक्रेन सन् २०२२ देखि रूसी आक्रमणविरूद्ध लडिरहेको छ।

यसअघि दुई नेताबीच गत सेप्टेम्बरमा न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा भेटवार्ता भएको थियो । (रासस/एएफपी)




भर्खरै