२२ मंसिर २०८२, सोमबार
,
Latest
प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

यथास्थितिमा काँग्रेस जनतामा जान सक्दैनः अर्जुननरसिंह केसी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले यथास्थितिमा काँग्रेस जनतामा जान नसक्ने बताउनुभएको छ ।

शनिवार पदाधिकारी र पूर्वपदाधिकारी बैठकका लागि पार्टी केन्द्रिय कार्यालय सानेपा पुग्नुभएका नेता केसीले यस्तो बताउनुभएको हो । उहाँले यथास्थिति, अहिलेको विधि, पद्धति र अनुहार लिएर जनताको बीचमा काँग्रेस जान नसक्ने जिकिर गर्नुभयो । उहाँले अहिलेको विधि, पद्धतिलाई व्यापक परिवर्तन गर्न जरुरी रहेको उहाँको भनाइ छ । युवा पिँढीको धारणालाई प्रतिनिधित्व गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म आफैँ पनि युवाहरुले हरेक तहमा प्रतिनिधित्व गर्नुपर्छ भनेर बोलेको मान्छे हुँ । भोलि पनि केन्द्रिय समितिमा भन्छु । उर्जाशिल समूहलाई न्युनतम रुपमा पनि सहभागी गराउनुपर्छ । समग्र रुपमा युवा पिँढीको धारणा नै प्रतिनिधित्व गर्न सकेनौँ भने हामी वास्तवमा जनताको बीचमा स्थापित हुन सक्दैनौँ । युवाको धारणामात्रै होइन पार्टीलाई स्वतत्र र संगठित बनाउनुपर्छ । अहिलेकै यथास्थितिमा, अहिलेको विधि, पद्धति र अनुहार लिएर हामी जनताको बीचमा जान सक्दैनौँ । यसमा व्यापक परिवर्तन जरुरी छ ।’

उहाँले उर्जाशिल समूहलाई अब पनि पार्टीका हरेक तहमा समानजनक सहभागिता नगराए ठूलो मूल्य चुकाउनुपर्ने बताउनु भयो ।