१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले राष्ट्रपति र प्रधानमन्त्रीलाई बुझाए आठ बुँदे एजेन्डा

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले राष्ट्रपति र प्रधानमन्त्रीलाई बुझाए आठ बुँदे एजेन्डा
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आठ बुँदे राष्ट्रिय एजेन्डा पेश गरेका छन् ।

राष्ट्रपति पौडेलले आज चुनावका विषयमा छलफल गर्न शीतल निवासमा बोलाएको सर्वदलीय बैठकमै राप्रपाका प्रवक्ता शाहीले एजेन्डा बुझाएका हुन् । राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्ती कार्की पनि सहभागी थिइन् ।

शाहीले राजनीतिक स्थायित्व, सुशासन र राष्ट्रिय एकताको उद्देश्यसहित संवैधानिक तथा संरचनात्मक सुधारका माग राखेका छन् ।

उनले आफूले तयार पारेका बुँदामा राष्ट्रिय सहमति जुटाउन राष्ट्रपति र प्रधानमन्त्रीको सक्रिय पहलकदमी आवश्यक रहेको बताएका छन् । संरचनागत सुधार र संवैधानिक संशोधनबिना हुने कुनै पनि निर्वाचनले देशको दिशामा तात्विक परिवर्तन ल्याउन नसक्ने उनको भनाइ छ ।

शाहीले बुझाएका एजेन्डामा के छन् त ?

१. प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री — बलियो नेतृत्व र स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रणाली लागू गर्न राष्ट्रिय बहस सुरु गरी संवैधानिक सुधारको पहल गर्नुपर्ने ।

२. प्रदेश संरचना खारेज — राज्यको खर्च घटाउन र छिटो सेवा प्रवाह सुनिश्चित गर्न वर्तमान प्रदेश संरचना खारेज गरी संघीयता केन्द्र र बलियो स्थानीय तहमा मात्र सीमित गर्न अध्ययन र सहमति जुटाउनुपर्ने ।

३. गैरदलीय स्थानीय तह — स्थानीय तहमा विकास र सेवा प्रवाहलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउन गैरदलीय (राजनीतिमुक्त) स्थानीय शासन प्रणाली लागू गर्ने ।

४. संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द — निष्पक्षता र मर्यादा कायम राख्न संवैधानिक निकायहरूमा राजनीतिक भागबन्डा रोक्दै योग्यताका आधारमा मात्र नियुक्ति गर्ने व्यवस्था गर्नुपर्ने ।

५. राष्ट्रिय एकताको प्रतीकका रूपमा राजसंस्था स्थापना — विभाजित समाजलाई जोड्ने अभिभावकीय स्वरूपको निष्पक्ष राष्ट्रिय संस्था (राजसंस्था) पुन:स्थापना गरी राष्ट्रिय एकता र सद्भाव प्रवद्र्धन गर्ने ।

६. भ्रष्टाचार नियन्त्रणका लागि नयाँ कानुन — भ्रष्टाचारलाई जरैदेखि उन्मूलन गर्न सक्ने, दोषीमाथि कठोरतम कारबाही गर्न सक्षम कानूनी ढाँचा निर्माण गर्नुपर्ने ।

७. प्रतिनिधिसभा उम्मेदवारको उमेर सीमा घटाउने — प्रतिनिधिसभाको उम्मेदवार बन्नको लागि न्यूनतम उमेर २५ वर्षबाट घटाएर १८ वर्ष पुर्‍याउनुपर्ने । शाहीले भनेका छन्, ‘जब नागरिकले १८ वर्षमा भोट हाल्न सक्छ, तब उसले देश चलाउने जिम्मेवारी पनि लिन सक्छ ।’

८. अनलाइन मतदान प्रणाली — नेपालभित्र र बाहिर रहेका सबै नेपालीलाई निर्वाचनमा सहभागी गराउन सुरक्षित, विश्वसनीय र पारदर्शी अनलाइन मतदान प्रणाली लागू गर्नुपर्ने ।