१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

उच्चस्तरीय जाँचबुझ आयोगलाई लोकतान्त्रिक मूल्य र कानूनी दायराभित्र बसेर आफ्नो कार्यसम्पादन गर्न काँग्रेस नेता लेखकको आग्रह

उच्चस्तरीय जाँचबुझ आयोगलाई लोकतान्त्रिक मूल्य र कानूनी दायराभित्र बसेर आफ्नो कार्यसम्पादन गर्न काँग्रेस नेता लेखकको आग्रह
अ अ+ अ-

काठमाडौँ । तत्कालीन गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले जेन–जी आन्दोलनका क्रममा भएको हिंसा र धनजनको क्षतिका विषयमा अध्ययन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगलाई लोकतान्त्रिक मूल्य र कानूनी दायराभित्र बसेर आफ्नो कार्यसम्पादन गर्न आग्रह गर्नुभएको छ ।

शुक्रवार पार्टी केन्द्रिय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । सरकार, छानविन आयोग र राजनीतिक दलहरुले लोकतान्त्रिक मूल्यमान्यता, संविधान र कानूनको अधिनभित्र रहेर आ—आफ्नो कार्यसम्पादन गर्नुपर्ने उहाँको भनाइ छ ।

गत २३ र २४ भदौमा भ्रष्टाचार, नातावाद र सामाजिक सञ्जालमाथिको प्रतिवन्धविरुद्ध जेन–जी युवाहरुले आन्दोलन गरेका थिए । आन्दोलनले हिंसात्मक रुप लिँदा ७३ जनाको मृत्यु भएको थियो । सयौं घाइते भएका थिए । नेता लेखकले मुलुक राजनीतिक जटिलतातर्फ धकेलिएको उल्लेख गर्दै यस अवस्थामा कानूनी साशनको मान्यताभित्र बसेर सबैले अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकार, छानविन आयोग र राजनीतिक दलहरुले हाम्रा लोकतान्त्रिक मूल्यमान्यताभित्र बसेर संविधान र कानूनभित्र बसेर आआफ्ना कामहरु सम्पादन गर्नुपर्छ । कानूनी साशनको मान्यताभित्र बसेर आफ्नो कामहरु अगाडि बढाऔँ भन्ने मेरो आग्रह छ ।’

सरकारले गत २३ र २४ भदौमा भएको जेन—जी आन्दोलनका क्रममा भएका दमन र लुटपाटको छानविन गर्नका लागि विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।