३१ श्रावण २०८३, आईतवार
,
Latest
शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै गृहमन्त्री गुरुङद्वारा गोरखाका मतदातासँग भेटघाट, स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता नेपाल अर्थोपेडिक अस्पतालको २८औँ वार्षिकोत्सव सम्पन्न लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित कैलालीका १३ स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन’ अभियान, रु. ५ करोड ५० लाख… देउवाले भनेः ‘म हिन्दू हुँ, हिन्दू धर्म मान्न पाउने अधिकार हुनुपर्छ’ विदेशी उपाधिको समकक्षता निर्धारण गर्न विश्वविद्यालय अनुदान आयोगले थाल्यो प्रक्रिया विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विगतको समीक्षा गरी साझा निष्कर्ष निकाल्नुपर्ने बेला भएको छः पुष्पकमल दाहाल



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वाधिनतामा अहिलेको जस्तो संकट विगतमा कहिल्यै नभएको बताउनुभएको छ ।

शुक्रवार ललितपुरस्थित एक होटलमा सम्पादकहरुसँगको कुराकानीमा उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले राष्ट्रिय स्वाधिनतामा यति ठूलो विदेशी हस्तक्षेप अहिलेसम्म नभएको बताउनु भयो । अहिले पनिराजनीतिक संकट कायम रहेको बताउनु भयो । अहिलेको जस्तो ठूलो दबाब नेपालले भोग्नु नपरेको जिकिर गर्नुभयो ।

अहिलेको परिस्थितिले सबै राजनीतिक दल, नागरिक समाजहरु मिलेर काम गर्नुपर्ने जरुरी देखिएको उल्लेख गर्नुभयो । फेरि एक पटक अहिले सबै राजनीतिक दल र नागरिक समाज गम्भीर भएर देशका लागि सोच्नुपर्ने बेला भएको बताउनु भयो । उहाँले विगतको समीक्षा र आउने दिनका बाटोहरुका बारेमा अधिकतम बहस र छलफल गरेर साझा निष्कर्ष निकाल्नुपर्ने जिकिर गर्नुभयो ।