२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको सचिवालय बैठक आज, महासचिव भुसाललाई कारबाहीको तयारी !



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ ।

जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय, निर्वाचनको तयारी र अघिल्लो बैठकले बनाएको विचार मिल्ने शक्तिसँग एकताको पहल सम्बन्धी कार्यदलको प्रगतिबारे छलफल हुने बताइएको छ ।

नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको गृहकार्य गरिरहेको छ । तर महासचिव घनश्याम भुसाल एकताको विपक्षीमा रहेका छन् । उनले पार्टी एकता गर्नु नहुने अभिव्यक्तिसमेत दिँदै आएका छन् ।

पार्टी नीतिविपरित बोलेको भन्दै अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट देखिएका छन् । उनले महासचिवलाई कारबाही गर्ने तयारी गरेका छन् ।

आजको पार्टी सचिवालय बैठकमा यस विषयमा पनि छलफल हुने बताइएको छ । सबैको एकमत भए भुसालमाथि कारबाही नै गर्नेसम्मको तयारी छ ।