२१ मंसिर २०८२, आईतवार
,
Latest
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी आन्दोलनको क्रममा भौतिक संरचनामाथि तोडफोड, आगजनी र लुटपाट गर्नेलाई कारबाही गर्न काँग्रेसको माग



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा भौतिक संरचनामाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो माग राखेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले तोडफोड, आगजनी र लुटपातमा संलग्नलाई कानूनी दायरामा ल्याउनुपर्ने पक्षमा नेताहरुले धारणा राखेको बताउनु भयो । उहाँले जेनजीका आन्दोलनकारीलाई कारबाही नगर्ने गृहमन्त्री ओम प्रकाश अर्यालको अभिव्यक्तिप्रति आपत्ति समेत जनाउनुभयो । उहाँका अनुसार बैठक पार्टीको अधिवेशनको विषयमा केन्द्रित थियो । बैठकमा नेताहरुबीच अधिवेशन नियमित समयमा गर्ने कि नगर्ने विषयमा मतभेद रहेका कारण ठोस निष्कर्षमा नपुगेको महतको भनाइ छ । बैठकमा केही नेताहरु बोल्न बाँकी रहेकाले फेरी भोलि छलफल हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले पार्टीलाई समेत एउटा चुनौती खडा गरेको छ । योबाट कसरी अघि बढ्ने र सकारात्मक परिस्थिति निर्माण गर्ने ? लोकतान्त्रिक मूल्यमान्यतामा हामी प्रतिबद्ध छौं त्यसलाई कसरी जोगाउने र देशलाई पनि कसरी कमजोर हुनबाट जोगाउने भन्ने विषयमा साथिहरुले आफ्नो कुरा राख्नुभयो । पार्टीलाई कसरी अगाडि बढाउने र २६ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा समान सोच लिएर जाने जाने छलफल भएको छ । त्यो बैठकमा मिान विचार लिएर जान्छौं । अहिले नेताहरुको धारणा केमा रहेको छ भने महाधिवेशन निर्धारित समयमा हुनुपर्छ भन्ने कुरा पनि आएको छ । तर कतिपय नेताहरुको दृष्टिकोाण चाँही मंसिरभित्रै सबै विधि प्रक्रिया पुरा गरेर गर्न सक्छौं कि सक्दैनौं ? त्यसको लागि थप समय पनि चाहिन्छ कि भन्ने कुरा पनि आएको छ ।’

जेन–जी आन्दोलनको क्रममा भएको लुटपाट र आगजनी तथा राष्ट्रिय राजनीतिको विषयमा पार्टीले यही असोज २६ गते बस्ने कार्यसमिति बैठकबाट आफ्नो धारणा सार्वजनिक गर्ने उहाँको भनाइ छ ।