३० कार्तिक २०८२, आईतवार
,
Latest
यो सरकार ओली र लेखक थुन्नुलाई नै सुशासन ठानिरहेको छ, हामी बिना पैसा कलाबिहीन नाटक… ओलीको प्रश्न: यो सरकार कसको हो ? भारत १५ वर्षपछि घरेलु मैदानमा दक्षिण अफ्रिकासँग पराजित, १२४ रन पछ्याउन सकेन भगवान शिव र दक्ष प्रजापतिको कथाबाट सिक्न सकिने पाठः हाम्रो स्वभावमा अहंकार कसरी आउँछ ? संसद विघटनको प्रभावः अर्थतन्त्रसँग जोडिएका दर्जन बढी विधेयक प्रभावित अन्तरिक्षबाट फर्किएका ४ मुसासहित वैज्ञानिक नमूनाहरू चिनियाँ अनुसन्धान टोलीलाई हस्तान्तरण लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदै दुर्गा प्रसाईंको नागरिक बचाउ दलले गर्‍यो निर्वाचन आयोग पुगेर सनाखत मधेश प्रदेश मुख्यमन्त्री विवादमा सर्वोच्चको सुनुवाइ भोलि हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री घिसिङद्वारा टियु मैदानको अवलोकनः एनपिएल अगावै सबै काम सक्न निर्देशन



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित निर्माणाधिन टियु क्रिकेट मैदानको निरीक्षण गर्नुभएको छ ।

बिहीवार अपरान्ह कीर्तिपुर पुगेर मन्त्री घिसिङले निर्माणाधिन टियु क्रिकेट मैदानको निरीक्षण गर्नुभएको हो । सो क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पहिलो चरणको काम लगभग सकिएको पाएको बताउनु भयो । फ्लड लाइट राख्ने काम एक महिनाभित्र सक्ने प्रतिवद्धता आएको बताउनु भयो । नेपाल प्रिमियर लिगको अगाडि पहिलो चरणको काम सक्ने बताउनुभयो ।

करिव १२ हजार दर्शक बसेर हेर्न मिल्ने पारापिट बनेको बताउनु भयो । मैदान राष्ट्रिय महत्वको विषय भएको र दोस्रो र तेस्रो चरण भनेर पनि काम भइरहेको पाएको बताउनु भयो । मैदानको सम्पूर्ण काम सकिँदा २५ देखि ३० हजार दर्शक अट्नसक्ने बताउनु भयो । राष्ट्रिय प्राथमिकतामा राखेर काम अघि बढाउने बताउनु भयो । एनपिएल अगाडि सबै काम सक्न पनि निर्देशन दिनुभयो । एनपिएल मंसिर १ गतेबाट शुरु हुँदैछ । धेरै खेलकुदका पूर्वाधार बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले मैदान बन्ने क्रममा रहेको र नेपाल प्रिमियर लिगको लागि भनेर काम धमाधम भइरहेको बताउनु भयो । उहाँले फ्लड लाइटहरु नेपाल आइसकेको र जडान गर्न मात्रै बाँकी रहेको बताउनु भयो । खेल देशलाई जोड्ने माध्यम भएकाले राजनीति भन्दा बाहिर राख्नुपर्ने बताउनु भयो ।

उहाँले मैदानको खेल्ने ग्राउण्ड पिच तयारी अवस्थामा रहेको बताउनु भयो । आगामी दुई हप्तामा मैदानको धेरै परिवर्तन आउने दाबी गर्नुभयो । कामको भरपाईहरु समयमै हुनपर्ने बताउनु भयो । नेपाली टिमले राम्रो लय समातेको उल्लेख गर्दै क्रिकेटले अब नयाँ बाटो समात्ने दाबी गर्नुभयो ।