१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

मन्त्री घिसिङद्वारा टियु मैदानको अवलोकनः एनपिएल अगावै सबै काम सक्न निर्देशन

मन्त्री घिसिङद्वारा टियु मैदानको अवलोकनः एनपिएल अगावै सबै काम सक्न निर्देशन
अ अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित निर्माणाधिन टियु क्रिकेट मैदानको निरीक्षण गर्नुभएको छ ।

बिहीवार अपरान्ह कीर्तिपुर पुगेर मन्त्री घिसिङले निर्माणाधिन टियु क्रिकेट मैदानको निरीक्षण गर्नुभएको हो । सो क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पहिलो चरणको काम लगभग सकिएको पाएको बताउनु भयो । फ्लड लाइट राख्ने काम एक महिनाभित्र सक्ने प्रतिवद्धता आएको बताउनु भयो । नेपाल प्रिमियर लिगको अगाडि पहिलो चरणको काम सक्ने बताउनुभयो ।

करिव १२ हजार दर्शक बसेर हेर्न मिल्ने पारापिट बनेको बताउनु भयो । मैदान राष्ट्रिय महत्वको विषय भएको र दोस्रो र तेस्रो चरण भनेर पनि काम भइरहेको पाएको बताउनु भयो । मैदानको सम्पूर्ण काम सकिँदा २५ देखि ३० हजार दर्शक अट्नसक्ने बताउनु भयो । राष्ट्रिय प्राथमिकतामा राखेर काम अघि बढाउने बताउनु भयो । एनपिएल अगाडि सबै काम सक्न पनि निर्देशन दिनुभयो । एनपिएल मंसिर १ गतेबाट शुरु हुँदैछ । धेरै खेलकुदका पूर्वाधार बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले मैदान बन्ने क्रममा रहेको र नेपाल प्रिमियर लिगको लागि भनेर काम धमाधम भइरहेको बताउनु भयो । उहाँले फ्लड लाइटहरु नेपाल आइसकेको र जडान गर्न मात्रै बाँकी रहेको बताउनु भयो । खेल देशलाई जोड्ने माध्यम भएकाले राजनीति भन्दा बाहिर राख्नुपर्ने बताउनु भयो ।

उहाँले मैदानको खेल्ने ग्राउण्ड पिच तयारी अवस्थामा रहेको बताउनु भयो । आगामी दुई हप्तामा मैदानको धेरै परिवर्तन आउने दाबी गर्नुभयो । कामको भरपाईहरु समयमै हुनपर्ने बताउनु भयो । नेपाली टिमले राम्रो लय समातेको उल्लेख गर्दै क्रिकेटले अब नयाँ बाटो समात्ने दाबी गर्नुभयो ।