१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

सिंहदरबार जलाउने विदेशी राजदूतावासका परिचालित सिपाहीहरू हुन्ः ज्ञानेन्द्र शाही

सिंहदरबार जलाउने विदेशी राजदूतावासका परिचालित सिपाहीहरू हुन्ः ज्ञानेन्द्र शाही
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले सिंहदरबार जल्दा खुसी हुनेहरू विदेशी राजदूतावासका परिचालित सिपाहीहरू भएको आरोप लगाएका छन् ।

जेनजी अगुवा रक्षा बमको तस्बिर सार्वजनिक भएको थियो जहाँ उनी सिंहदरबार जलिरहेको अवस्थामा पोज दिएकी थिइन् । उक्त सार्वजनिक तस्बिरबारे टिप्पणी गर्दै नेता शाहीले सिंहदरबार जल्दा खुसी हुनेहरू विदेशी राजदूतावासका परिचालित सिपाहीहरू भएको दाबी गरेका हुन् ।

सिंहदरबार भौतिक संरचना मात्र नभई नेपालीहरूको इतिहास भएको भन्दै भौतिक संरचना बनाउन सकेपनि आफ्नो इतिहास बनाउन नसक्ने उनले बताएका छन् ।

सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै शाहीले लेखेका छन्, “सिंहदरबार जलाउँदा खुसी हुने उनीहरू त विदेशी राजदूतावासका परिचालित सिपाही हुन् । सिंहदरबार भौतिक संरचना मात्र होइन, यो हाम्रो इतिहास हो । भौतिक संरचना बनाउन सकिन्छ, तर इतिहास बनाउन सकिँदैन।” उनले घटनामा संलग्न युवाहरूको हत्या भएको र सरकारले हत्यारालाई अहिलेसम्म पक्रन नसकेको भन्दै आक्रोश समेत पोखेका छन् ।

सिंहदरबारमा गत महिना भएको आगलागी र प्रदर्शनका क्रममा सरकारी भवनहरूमा क्षति पुगेको थियो । सरकारले घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ ।