३१ श्रावण २०८३, आईतवार
,
Latest
शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै गृहमन्त्री गुरुङद्वारा गोरखाका मतदातासँग भेटघाट, स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता नेपाल अर्थोपेडिक अस्पतालको २८औँ वार्षिकोत्सव सम्पन्न लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित कैलालीका १३ स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन’ अभियान, रु. ५ करोड ५० लाख… देउवाले भनेः ‘म हिन्दू हुँ, हिन्दू धर्म मान्न पाउने अधिकार हुनुपर्छ’ विदेशी उपाधिको समकक्षता निर्धारण गर्न विश्वविद्यालय अनुदान आयोगले थाल्यो प्रक्रिया विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकारले चुनाव गराउँछ भन्नेकुरा भ्रम मात्रै होः शंकर पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारले चुनाव गराउन चाहन्छ भन्नेकुरा भ्रम मात्रै भएको बताउनुभएको छ ।

बिहीवार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । महासचिव पोखरेलले सरकारले चुनावको वातावरण बताउनका लागि कुनै पहलकदमी नलिएको जिकिर गर्नुभयो । उहाँले सरकारले चुनाव गराउनका लागि राजनीतिक दलसँग कुरा परामर्श नगरेको गुनासो समेत गर्नुभयो । महासचिव पोखरेलले वर्तमान सरकार राजनीतिक दलहरुको परामर्श अनुसार नबनेको भन्दै आपत्ति समेत जनाउनु भयो ।

उहाँले भन्नुभयो,‘यो सरकार चुनाव गराउन चाहन्छ भन्नेकुरा पनि भ्रम मात्रै हो । किनकी सरकारले चुनावको वातावरण कुरामा कुनै प्रकारको पहलकदमी लिएको अनुभुति न नागरिकले गरेका छन् न नेपालका राजनीतिक दलहरुले गरेका छन् । न नेपालका सुरक्षा अंगले नै सरकार शान्ति सुरक्षाको सन्दर्भमा जिम्मेवार र प्रतिवद्ध छ भन्ने कुराको अनुभुति गर्न सकेका छन् । अर्कोतिर म तपाईहरुलाई सुनाउन चाहन्छु २४ गतेको घटना पछि जब हाम्रो अध्यक्षले राजीनामा दिनुभयो । त्यसपछि निकासका सन्दर्भका बारेमा प्रमुख राजनीतिक दलहरु सबैले चाहे नेकपा एमालेको कुरा गरौँ, चाहे नेपाली काँग्रेसका कुरा गर्नुस् । चाहे माओवादी केन्द्रको कुरा गर्नुस् । तीन वटै प्रमुख पार्टीहरुले के भने भन्दा संविधान भित्रैबाट आन्दोलनकारीको मागलाई सम्बोधन गर्नेगरी प्रक्रिया अघि बढाउनु पर्दछ । त्यसका लागि सहयोगी बन्न हामी तयार छौं । तर त्यो हाम्रो सदाशयतालाई उपेक्षा गर्ने काम भयो ।’

महासचिव पोखरेलले संविधान भित्रैबाट सरकार गठनका लागि प्रक्रिया अघि बढाउन प्रमुख राजनीतिक दलहरुले गरेको आग्रहलाई उपेक्षा गर्ने काम सैह्य नहुने बताउनु भयो ।