२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिपी राजमार्गमा आठ स्थानबाट डाइभर्सन बनाईंदै



अ+ अ-

काभ्रेपलाञ्चोक । बाढीले क्षतिग्रस्त बिपी राजमार्गमा आठ स्थानबाट खोला फर्काएर डाइभर्सन बनाउन सुरु गरिएको छ । उक्त राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पाँच स्थान तथा सिन्धुलीको तीन खण्डबाट डाइभर्सन निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयका अनुसार काभ्रेपलाञ्चोक खण्डको चौकीडाँडा, घुमाउने, चारसय बेँशी, पिन्थली र भ्याकुरेखोलामा डाईभर्सन बनाउने काम भइरहेको छ । डाइभर्सन बनाउने काम काभ्रेपलाञ्चोक खण्डमा १२ स्काभेटर, ४ वडा ह्वील लोडर र ८ टिपर प्रयोग भइरहेको छ ।

यस्तै, सिन्धुलीको नेपालथोक लगायतका तीन स्थानबाटबाट पनि डाइभर्सन बनाउन थालिएको हो । सिन्धुलीस्थित डिभिजन सडक कार्यालय खाल्टेका अनुसार तीन डाइभर्सनमध्ये दुई स्थानमा आज साँझसम्मका निर्माण भैसक्नेछ भने अन्य एक स्थानमा नयाँ कटान गरेको कारण शुक्रबारसम्ममा डाइभर्सन बनिसक्नेछ ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार हाल राजमार्गको चौकीडाँडा–नेपालथोक सडकखण्डको २० किलोमिटर बाटो पूर्णरुपमा बन्द छ । बढीपहिरोले राजमार्गको १७ स्थानमा क्षति पुर्‍याएको हो ।

कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामासमेत अघि बढाइरहेको थियो । पूर्वी नेपाल जोड्ने छोटो दुरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् ।