२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यविरुद्धको अपराधमा गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्दछः महेश बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का युवा नेता महेश बर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि गम्भीर आरोप लगाउँदै उनलाई पदबाट हटाइ राज्यविरुद्धको अपराधमा तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन माग गरेका छन् ।

बर्तौलाले सामाजिक सञ्जालमार्फत दाबी गर्दै प्रहरीबाट लुटिएका हतियार (बन्दुक र गोली) कहाँ पुगेका छन् र ती हतियार कससँग छन् भन्ने जानकारी वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई पुरै स्पष्ट र शतप्रतिशत रहेको बताएका छन् ।

उनले जेनजीले गरेको सुशासन र भ्रष्टाचार अन्त्यको शान्तिपूर्ण आन्दोलनभित्र योजनाबद्ध रूपमा घुसपैठ गरी हिंसा भड्काउने, विध्वंस मच्चाउने र समग्र आन्दोलन भंग गर्ने कार्यमा गृहमन्त्रीसँग सम्बन्धित पक्षहरू संलग्न रहेको आरोप समेत लगाएका छन् ।

बर्तौलाले थप आरोप लगाएका छन् कि आन्दोलनका क्रममा सिंहदरबार, संसद, सर्वोच्च अदालत, अख्तियार भवन र विभिन्न प्रहरी चौकीमा आगजनी र तोडफोड गराउने, घर र व्यावसायिक भवनमा क्षति पुर्‍याउने कामका ‘प्रायोजक उत्प्रेरक’ तथा योजनाकारहरू गृहमन्त्रीसँग जोडिएका रहेका छन् ।

गृहमन्त्रीले पदभार सम्हाले लगत्तै ती फौजदारी घटना सम्बन्धी पर्याप्त प्रमाणहरू हुँदाहुँदै पनि कानुनी कारबाही नगर्न लिखित निर्देशन दिएको आरोप लगाउँदै जसका कारण देशभर अराजकता, दण्डहीनता र जघन्य अपराधहरू बढेको बर्तौलाको दाबी छ ।

उनले राष्ट्रका विरुद्ध संगठित र निर्देशित हानिकारक योजना रहेको उल्लेख गर्दै गृहमन्त्री अर्याललाई तत्काल पदबाट बर्खास्त गरी पक्राउ गरी व्यापक र स्वतन्त्र अनुसन्धान सुरु गर्न सरकार र सम्बन्धित सुरक्षा निकायहरूमा माग राखेका छन् । बर्तौलाले विशेषगरी शान्तिपूर्ण आन्दोलनको संरक्षण र अखण्डतालाई प्राथमिकता दिनुको साथै दोषीहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् ।