२४ कार्तिक २०८२, सोमबार
,
Latest
प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल चलचित्र क्षेत्रको विकासका लागि सरकारले नीतिगत पहल गर्नेछः सञ्चारमन्त्री खरेल झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनु सरकारको प्राथमिकताः मुख्यमन्त्री पाण्डे दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि कोशी टप्पुमा देखिन थाले पाहुना चरा प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त, मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ ‘जेनजी’ आन्दोलनमा गण्डकीमा पाँच अर्बको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप छनोटः भुर्तेलको अर्धशतकमा नेपालले कुवेतलाई दियो १४२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई १४२ रनको लक्ष्य दिएको छ ।

ओमानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन जोड्यो ।

नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । उनले ६६ रनको योगदान दिए । ५६ बल खेलेका उनले ३–३ छक्का र चौका प्रहार गरे ।

यस्तै, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले २०–२० रनको योगदान दिए । झाले मात्र ६ बलमा २० रन जोडेका हुन् । उनले लगातार तीन छक्का प्रहार गरे ।

रोहित पौडेलले १६ रन जोडे ।