२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन र सुधनविरुद्ध किटानी जाहेरी दर्ता गर्न प्रहरीमा जाँदै अखिल



अ+ अ-

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध किटानी जाहेरी दिने प्रयाससँगै सो पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुले काउन्टर दिने तयारी गरेको छ ।

अखिलका नेताहरू काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङविरुद्ध किटानी जाहेरी दर्ता गर्न काठमाडौं प्रहरी परिसर पुग्ने तयारीमा छन् । अखिलको केन्द्रीय नेतृत्वको बैठकले उक्त निर्णय गरेको स्रोतले जनाएको छ ।

संगठनले सिंहदरबारलगायतका सरकारी संरचनामा आगजनी, निजी सम्पत्तिको ध्वंस र प्रहरीको हत्या जस्ता घटनामा बालेन र सुधनको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाउँदै जाहेरी दर्ता गर्ने तयारी गरेको हो ।

आज साँझ ५ बजेसम्म किटानी जाहेरी दर्ता गराउने तयारी भइरहेको बताइएको छ ।